पाल्पाको भालेबासमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते

बुलेटिन संवाददाता
५ श्रावण २०७६, आईतवार ११:०५

५ साउन, पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत भालेबास नजिकै आइतबार दिउँशो सवारी दुर्घटना हुँदा २ जना यात्रु गम्भीर घाइते भएका छन् ।

पोखराबाट बुटवल जाँदै गरेको ग १ ख ५५२६ नम्बरको बस र बिपरीत दिशाबाट आएको लु १२ प ४७७९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका हुन् ।

मोटरसाइकल चालक बगनासकाली-३, बस्ने वर्ष २३ को सुजन न्यौपाने र मोटरसाइकल पछि बस्ने गुल्मी जिल्ला सत्यवती गाउँपालिका ६ बस्ने वर्ष १८ को कपिल भण्डारी गम्भीर घाइते भएका हुन् । उनीहरू दुबैको उपचार तानसेन प्रभासस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

बस र बसका चालकलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।