नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

बुलेटिन संवाददाता
५ श्रावण २०७६, आईतवार ०९:५५

५ साउन,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रियालाई पूर्णता दिन सचिवालय बैठक सुरु भएको छ ।

बैठकअघि आफ्ना भागमा परेका विभागमा कसलाई पठाउने भन्ने विषयमा तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रका बेग्लाबैग्लै बैठक सकिएपछि सचिवालय बैठक बालुवाटारमा सुरु भएको हो

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नुअघि तत्कालीन माओवादी पक्षधर नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवासमा र तत्कालीन एमालेका नेताहरु अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बेग्लाबेग्लै छलफल भएको थियो ।

नेकपाका ३२ वटा विभागमध्ये तत्कालीन एमालेका भागमा १८ र माओवादीको भागमा १४ विभाग छुट्टाइएको छ । जारी बैठकले विभागको नेतृत्वमा सहमति जुटाउने बताइएको छ ।

७७ जिल्ला इन्चार्जमा भने तत्कालीन एमालेले ४६ र तत्कालीन माओवादीले ३१ जिल्ला पाइसकेका छन् ।