अपडेट :नागढुंगामा बरामद गरिएको सुन सक्कली भएको पुष्टि

बुलेटिन संवाददाता
५ श्रावण २०७६, आईतवार ०९:२८

५ साउन, काठमाडौ‌ । नागढुंगामा अबैध रुपमा लुकाएर ल्याएको अवस्थामा बरामद गरिएको सुन सक्कली भएकोे पुष्टि भएको छ ।

रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नं-५ स्याफ्रोबेशी घर भएका बर्ष १७ को भिम बहादुर तामाङले अबैध रुपमा लुकाईछिपाई ल्याएको २ किलो सुन प्रयोगशालामा परीक्षण गर्दा सक्कली रहेको पाइएको राजस्व अनुसन्धानले बताएको छ ।