दिल्लीमा नेपाली बालिकाको बलात्कार प्रयासपछि हत्या

बुलेटिन संवाददाता
५ श्रावण २०७६, आईतवार ०८:२९

५ साउन, काठमाडौँ । भारतको राजधानी दिल्लीमा एक नेपलाी बालिकाको हत्या भएको छ ।

बाजुरा घर भएका एक दम्पतीका नौ वर्षीया छोरीको हत्या भएको हो । दिल्लीको शकरपुरमा सञ्चालित होस्टलमा कार्यरत दम्पतीका सन्तानको हत्या भएको बताइएको छ ।

बालिकाको ‘हत्याअघि बलात्कारको प्रयास भएको प्रारम्भिक अनुमान छ, अभियुक्त सोही होस्टलको रेखदेख गर्ने रहेको र उनलाई दिल्ली पुलिसले गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको बताइएको छ । दिल्लीस्थित नेपाली संस्थाले घटनाका विषयमा विरोध जनाउँदै छानबिन गरी अभियुक्तलाई कानुनी कारबाहीको माग गरेका छन् ।

दिल्लीका विधायक नीतिन त्यागी, दिल्ली पुलिसका एसएचओ सञ्जीव शर्मालगायतले अभियुक्तहरलाई कानुनी कारबाही गर्ने वचन दिएका छन् । रोकायका अनुसार नेपाली दूतावासलाई पनि यो घटनाबारे जानकारी गराइएको छ । दूतावासस्थित नेपाल प्रहरीका एसएसपी प्रकाश अधिकारीले भारतीय प्रहरीसँग समन्वय भइरहेको बताए ।