असुरक्षित गर्भपतनका कारण गयो एक युवतीको ज्यान

बुलेटिन संवाददाता
५ श्रावण २०७६, आईतवार ०८:१८

५ साउन, वीरगञ्‍ज । अबैध यौनसम्पर्कबाट रहेको गर्भपतन गराउँदा एक युवतीको ज्यान गएको छ ।

असुरक्षित गर्भपतनका कारण पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ की २० वर्षीय सावित्रीकुमारी शर्माको ज्यान गएको हो ।

साबित्री आफू खुशी भारत रक्सौल गई ५ महिनाको गर्भ असुरक्षित गर्भपतन गराउने क्रममा गम्भिर बिरामी भएकी थिइन् ।उनको अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयरमा उपचारको लागि भर्ना गरिएकोमा ज्यान गएको पर्सा प्रहरीले जनाएको छ । प्रहरीले अबैध सम्बन्ध राखी साबित्रीलाई गर्भवती बनाएको आरोपमा सोही ठाउका सिकेन्द्र प्रसाद चौहानलाई पक्राउ गरेको छ ।

पक्राउ परेका सिकेन्द्रले अवैध यौन सम्बन्ध राखी सावित्रीलाई गर्भवती बनाएका थिए । अवैध यौन सम्बन्धबाट गर्भ रहेपछि सिकेन्द्र र साबित्री दुबैजनाले आफु खुशी भारतको रक्सौल गई गर्भपतन गराउन खोजेका थिए ।

मृतक युवतीको शबलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको छ । पक्राउ परेका सिकेन्द्रमाथि कर्तव्‍य ज्यान मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको पर्साका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक अन्न्तराम शर्माले जानकारी दिए ।