कोरियामा कार्यरत एक नेपालीको मृत्यु

बुलेटिन संवाददाता
३० असार २०७६, सोमबार ०५:५७

३० असार, सउल । कोरियामा कार्यरत एक नेपालीको उपचारको क्रममा आईतवार विहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोरियाको योङगीनमा कार्यरत ईलाम साखेजुङका टुकेन लिङ्दम लिम्बू रहेको कोरियाकालागि नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिए ।

ईपियस मार्फत ४ वर्ष अघि कोरिया आएका लिम्बु सुरुदेखि नै मुटुको समस्याले पिडित रहेको उनि सँगै काम गर्ने सहकर्मीहरुले बताएका छन् ।

समयसमयमा मुटुमा समस्या आएर उपचार गराईरहेका लिम्बुको उपचारकै क्रममा मृत्यु भएको हो । लिम्बुको शव योङ्गीनकै एक स्थानिय अस्पतालमा रहेको छ ।

हिँजो आईतवार विदाको दिन परेकाले आज सोमबार घट्नास्थल जाँदै गरिएको सहचारी बाँस्तोलाले बताए । अस्पतालसँग समन्वय गरेर लिम्बुको शव नेपाल पठाईने सिओल स्थित नेपाली दूतावासले जनाएको छ ।