१ न. प्रदेश सरकारले बाढी पहिरोमा मृत्यु हुनेका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय

बुलेटिन संवाददाता
२९ असार २०७६, आईतवार १३:२०

२९ असार, मोरङ । प्रदेश नम्बर १ सरकारले बाढी पहिरोमा मृत्यु हुनेका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रीपरिषद् बैठकले मृतक परिवारलाई जनही दुई लाख र घाइतेको उपचार गराउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मृतक परिवारलाई दुई लाख रुपैयाँ बाढीपहिरोमा घाइते भएकालाई सरकारी अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय भएको जानकारी दिए ।

उनले निजी अस्पतालमा उपचार गराउनेको ५० हजारसम्म उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने बताए ।