वैठक स्थगित गरेर राहतमा जुट्न कृष्ण सिटौलाको प्रस्ताव

बुलेटिन संवाददाता
२९ असार २०७६, आईतवार १२:५३

२९ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केन्द्रीय कार्यसमितिमा बैठक स्थगित गरेर राहत तथा उद्दारमा जुट्ने प्रस्ताव राखेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार बसेको बैठकमा सिटौलाले लगातारको वर्षापछि आएको बाढी तथा पहिरोबाट प्रभावितहरुको राहत तथा उद्दारमा जुट्न बैठक स्थगित गर्ने प्रस्ताव राखेको एक नेताले जानकारी दिए ।

लगातारको वर्षापछि आएको बाढीले तराई मधेसका जिल्लाका बस्तीहरु डुवानमा परेका छन् ।