सैनामैनाको देउवापारमा गौतमबुद्ध सभाहल बन्दै

बुलेटिन संवाददाता
२९ असार २०७६, आईतवार १२:४८

२९ असार, सैनामैना । सैनामैना नगरपालिका वडा न.७ मा गौतमबुद्ध सभाहलको आज एक कार्यक्रमका बिच शिलन्यास गरिएको छ ।

प्रदेश ५का प्रदेश सभा सदस्य भुमिश्वर ढकालले सो सभाहलको शिलन्यास गरेका हुन । सो अवसरमा बोल्दै उनले सभाहल निर्माणले यस क्षेत्रका सृजनात्मक काम गर्न सजिलो हुने बताए । कुनै पनि कार्यक्रम, सभा र गोष्ठी गर्न यस हलले थप सहयोग पुग्ने समेत ढकालको भनाई थियो ।

कार्यक्रममा सैनामैना ७ का वार्ड अध्यक्ष डिलाराम बेल्वासेले सैनामैनामा निर्माण भएको सभाहल यस क्षेत्रकै गहना भएको बताए । करिब ८० लाखको लागतमा बन्ने उक्त सभाहलमा प्रदेश सभाबाट २५ लाख, सैनामैना वडा नं ७ बाट रु १० लाख स्थानिय ताराबार बृक्षारोपण समितिबाट ४ लाख, टोल विकास समितिबाट १ लाख गरि निर्माण कार्य सुरु भएको छ भने बाँकी नपुग रकम प्रदेशबाट जुटाइने वडाले जनाएको छ ।

कार्यक्रम गौतमबुद्ध सभाहलका अध्यक्ष ठाकुर प्रसाद पाण्डेको अध्यक्षता, प्रदेश सभा सदस्य भुमिश्वर ढकाललको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष डिलाराम बेल्बासेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम सभाहलका उपाध्यक्ष घनश्याम खनालको स्वागत तथा सचिब यदुनाथ ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।