२०७६ असार २९ गते आइतबार देखि श्रावण ४ शनिबार सम्मको साप्ताहिक राशीफल

बुलेटिन संवाददाता
२९ असार २०७६, आईतवार ०३:३३

मेष : (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) तपाईंकोलागि यो साता निकै राम्रो छ । मान प्रतिष्ठा बढ्ने छ। यात्रा र सहयात्रा सफल हुनेछ । सभासम्मेलनमा सहभागी भइने छ । गरिएका काम बाट सन्तुष्टि मिल्ने छ । ब्यापारमा फाइदा होला सप्ताहन्तमा केहि चुनौती देखा पर्ने छ्न ।

वृष : (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,) यो साता राम्रो  छ । जागीर नोकरीमा पदोन्नति हुने छ । कार्यमा प्रगति होला । साताको अन्त्य तिर अझ राम्रो समय आउने छ ।आट उत्साह बढ्ने छ । परिक्षा सफल हुनेछ ।

मिथुन : (का,कि, कु,घ,ङ,छ,के,को,ह) राम्रो समय छ । धन, धर्म, प्रतिष्ठा बढ्ने छ । कृषि तथा ब्यापार बाट फाइदा होला । घरमा शुभ कार्य सम्पन्न होला । बिपरित लिङ्गी को सहयोग मिल्ने छ।मुद्दा मामिलामा फैसला तपाईंको पक्षमा हुनेछ ।

कर्कट : (हि,हु,हे,हो,डा,डि,डु,डे,) उत्तम समय छ । धर्म तथा अध्यात्ममा रुची बढ्ने छ । प्रेममा सफलता मिल्ने  छ । ब्यापार व्यवसायबाट फाइदा होला, मिष्टान भोजन प्राप्ति होला । मान प्रतिष्ठामा वृद्धि होला । परिक्षा सफल हुनेछ ।

सिह : (मा,मि,मु,मे,मो,टा,टि,टु,टे,) यो साता तपाईंको लागी सामन्य  छ । स्वास्थ्यमा चिसो सम्बन्धि बिमारले सताउने छ । सप्ताहन्तमा राम्रो समय छ । पठनपाठन तथा लेखन कार्य मा रुचि बढ्ने छ।प्रेममा सफलता मिल्ने छ ।

कन्या : (टो,प,पि,पु,ष,ण,ठ,पे,पो,) अनुकुल समय छ ।रोकिएको धन हाता पर्ने छ । आफन्तको सहयोगले कार्य सम्पादन होला । मन प्रसन्न रहला । धार्मिक यात्राको योग छ । ब्यापारमा फाइदा होला । पारिवारिक सुखशान्ती मिल्ने छ । स्वास्थ्यमा भने केहि चुनौती  सामना गर्नु पर्ला ।

तुला : (रा रि,रु,रे,रो,ता,ती,तु,ते ) तपाईंको लागी यो साता आफ्नो पक्षमा रहेको छ । जागीर नोकरीमा पदोन्नति होला । प्रेममा सफलता मिल्नुका साथै कारोबारमा फाइदा होला । आत्म सन्तुष्टि मिल्नेछ । आफन्तसंग भेटघाट होला ।

वृश्चिक : (तो ना,नि,नु,नो,या,यी,यु,) राम्रो समय छ । गरिएका काम बाट सन्तुष्टि मिल्ने छ । बिद्यामा प्रगति होला । सन्तान पक्षबाट सहयोग मिल्ने छ । खानपिनमा रुचि बढ्ने छ । धार्मिक तथा परोपकारीक क्षेत्रमा रुचि बढ्ने छ ।

धनु : (ये यो,भा,भि,भु,ढा,फा,ढा,भे,) सामान्य समय छ । आयव्यय बराबर रहने छ । पारिवारिक विवादले सताउन सक्छ । बुधबार पछिका दिन धेरै  राम्रो छ । भाग्योदयको योग छ । प्रेम प्रस्ताव आउन सक्छ ।

मकर : (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) उत्तम समय छ ।राजनीतिक क्षेत्रमा राम्रो छ । कारोबारमा फाइदा होला ।गरिएको काम बाट सन्तुष्टि मिल्ने छ । शुभ समाचार सुन्न पाइने छ । आकस्मिक यात्रा होला ।मन प्रसन्न रहने छ।

कुम्भ : (गु,गे,गो,सा,सि,सु,से,सो,द) सामान्य समय छ ।आय ब्याय बराबर हुनेछ । आफन्तबाट धोका हुन सक्छ ।पारिवारिक बिवाद बढ्न सक्छ । बुधबार पछिका दिन राम्रा छ । लक्षित लक्ष्य पुर्ती हुनेछ । स्वास्थमा सुधार आउने छ । गरिएका काम बाट सन्तुष्टि मिल्ने देखिन्छ । मन प्रसन्न रहने छ ।

मीन : (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) समय राम्रो छ । भाग्योदयको समय छ । धर्मकर्म प्रति रूचि बढ्ने छ । सभा सम्मेलन सहभागी भइएला । रोजगारमा पदोन्नति हुनेछ । शिक्षा तथा खेलकुदमा रुचि बढ्ने छ । साताको अन्त्य तिर कार्यमा केहि चुनौती सामना गर्नु पर्ला ।स्वास्थमा समस्य आउन सक्छ ।

प्रस्तुतकर्ता :ज्यो.चक्रपाणी डुम्रे (शास्त्री)
अकला देवी ज्योतिष एवं वास्तु सेवा केन्द्र 
ति.न. पा. १ नयाँमिलचोक रूपन्देही
मोबाइल नं.९८५७०३५४६१