कहिलेसम्म पर्छ देशभर झरी ?

बुलेटिन संवाददाता
२७ असार २०७६, शुक्रबार ०३:११

काठमाडौं । हाल मनसुन न्यून चापिय रेखा नेपालको तराईको भू भागमा रहेको मौसम वूर्वानुमान मशाशाखाले जनाएको छ ।

यसका साथै मध्य र पूर्वी भूभागमा न्यून चापिय क्षेत्र समेत रहेकाले आगामी २–३ दिन सम्म मनसुन अति सक्रिय भइरहने सम्भावना छ ।

आजको मौसम

आज दिउसो देशभर मौसम बदली रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ । खासगरि देशको पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँमा अति भारी वर्षा समेत हुनेछ । देशको केही स्थानमा हावाहुरी आउने सम्भावना छ ।

आज राति देशभर अधिकांश बदली रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ । देशको पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँमा धेरै भारी वर्षा समेत हुनेछ । देशका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना छ ।

शनिबार र आइतबारको मौसम

शनिबार र आइतबार पनि देशभर वर्षा जारी रहने महाशाखाले जनाएको छ । देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुने छ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँमा धेरै भारि वर्षा समेत हुने सम्भावना छ । देशको केही स्थानमा हावाहुरीको सम्भावना छ ।

सावधानी

देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुने र पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँमा धेरै भारी वर्षा समेत हुने भएकोले पूर्व र मध्य क्षेत्रका पहाडि भूभागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने भएको उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ । साथै, देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउने सक्ने भएकोले उच्च सतर्क रहनुपर्ने देखिन्छ।