बुटवलमा तलेजु भवानी मन्दिरको समुद्धघाटन सम्पन्न

बुलेटिन संवाददाता
२६ असार २०७६, बिहीबार १०:२४

२६ असार, बुटवल । बुटवल–१ शिखर देउराली स्थित स्व श्रीधर श्रेष्ठ स्मृति पार्कमा नवनिर्मित न्हायतात खलर कूल पुजा मन्दिरको समुद्धाटन तथा तलेजु भवानी माताको मुर्ति प्राणप्रतिष्ठा मगलबार सम्पन्न गरिएको छ ।

न्हायतात खल का अध्यक्ष अर्जुन कुमारको अध्यक्षता तथा बुटवल उपमहानगरपिलकाका वडा न. १ का अध्यक्ष महेन्द्र लिगलको प्रमुख आतिथ्यतामा तथा सस्थाका सचिव सितु प्रसाद श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा बुटवल उधोग वाणिज्य संघका पुर्व अध्यक्ष तथा समाजसेवी जीवन ओझाले स्वर्गिय श्रीधर प्रसाद श्रेष्ठले सामाजिक काममा गरेको योगदानको चर्चा गरे ।

उक्त कार्यक्रम मन्तव्य राख्दै बटैली संरक्षण तथा सम्बर्धन समितिका अध्यक्ष रविन्द्र गोपाल लाकौलले न्हायाताहा परिवारले तानसेन कैलाशनगर , दोभान र बुटवलमा गरेको सामाजिक निर्माणका कार्यहरु प्रशंसा योग्य रहेको र अन्यका लागि समेत प्रेरणादायि रहेको बताए ।

बुटवल उपमहानगरपालिका वडा न. १ का अध्यक्ष महेन्द्र लिगलले बुटवलको शिरको रुपमा रहेको बुटवल १ मा निर्मित तलेजु भवानी मन्दिरले यस क्षेत्रको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताए ।

पुरानो बटौलीको बिकासमा सबैको हातेमालो जरुरी रहेको उनको भनाइ थियो । पिता श्रीधर श्रेष्ठको स्मृतिमा उनको पुत्र महेश श्रेष्ठले उक्त  मन्दिर निर्माण गरेका थिए । सो अबसरमा मन्दिर परिसरमा बृहत वृक्षारोपण समेत गरिएको थियो ।

सोहि अबसरमा बिहान तलेजु भवानी माताको मुर्ति सहित अन्य देव देवताको मुर्ति सजाएर नेवा पुच बुटवल र तिलोत्तमा नेवा महिजुद्धारा नेवारी वाजा गाजा सहित नगर परिक्रमा समेत गरिएको थियो ।