आफ्नै  बाबुले गरे  १४ वर्षीया छोरीको बलात्कार

बुलेटिन संवाददाता
२६ असार २०७६, बिहीबार ०७:०६

२६ असार, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका –१ का एक बाबुले आफ्नै १४ वर्षीया छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

पुनर्वास नगरपालिका १ का ३९ वर्षीय कालु नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पुनर्वासका निमित्त इन्चार्ज भुपाल सिंह थापाका अनुसार मंगलबार राति उनले घरमै छोरीलाई बलात्कार गरेर भिडियो समेत बनाएका थिए । बाबुले जेठी दिदीलाई बलात्कार गरेको भिडियो कान्छी छोरीले मोवाईलमा देखेपछि उनले आमालाई बताएकी थिईन ।

छरछिमेकमा घटनाबारे हल्ला चलेपछि छिमेकीले नै प्रहरीलाई खबर गरेका थिए । छोरीलाई बलात्कार गरेको आरोपमा बुधबार राति नेपालीलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पुनर्वासले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।