२०७६ असार ८ गते देखि १४ गते सम्मको साप्ताहिक राशीफल

बुलेटिन संवाददाता
८ असार २०७६, आईतवार ०५:१७

ज्यो.चक्रपाणी डुम्रे (शास्त्री)

मेष : उत्तम समय छ । धर्म तथा अध्यात्ममा रुची बढ्ने छ । ब्यापार व्यवसायबाट फाइदा होला, मिष्टान भोजन प्राप्ति होला । मान प्रतिष्ठामा वृद्धि होला । परिक्षा सफल हुनेछ ।

वृष : राम्रो समय छ । धन, धर्म, प्रतिष्ठा बढ्ने छ । कृषि तथा ब्यापार बाट फाइदा होला । घरमा शुभ कार्य सम्पन्न होला । बिपरित लिङ्गी को सहयोग मिल्ने छ  । मुद्दा मामिलामा फैसला तपाईंको पक्षमा हुनेछ ।

मिथुन : अनुकुल समय छ । रोकिएको धन हाता पर्ने छ । आफन्तको सहयोगले कार्य सम्पादन होला । मन प्रसन्न रहला । धार्मिक यात्राको योग छ । ब्यापारमा फाइदा होला । पारिवारिक सुखशान्ती मिल्ने छ । स्वास्थ्यमा भने केहि चुनौती सामना गर्नु पर्ला ।

कर्कट : यो साता तपाईंको लागी सामन्य छ । स्वास्थ्यमा चिसो सम्बन्धि बिमारले सताउने छ । सप्ताहन्तमा राम्रो समय छ । पठनपाठन तथा लेखन कार्य मा रुचि बढ्ने छ। प्रेममा सफलता मिल्ने छ।

सिंह : तपाईको लागी यो साता आफ्नो पक्षमा रहेको छ । जागीर नोकरीमा पदोन्नति होला । प्रेममा सफलता मिल्नुका साथै कारोबारमा फाइदा होला । आत्म सन्तुष्टि मिल्नेछ । आफन्तसंग भेटघाट होला ।

कन्या : तपाईको लागि यो साता निकै राम्रो छ । मान प्रतिष्ठा बढ्ने छ । यात्रा र सहयात्रा सफल हुनेछ । सभासम्मेलनमा सहभागी भइने छ । गरिएका काम बाट सन्तुष्टि मिल्ने छ । ब्यापारमा फाइदा होला सप्ताहन्तमा केहि चुनौती देखा पर्ने छन ।

तुला : भाग्योदयको समय छ । धर्मकर्म प्रति रूचि बढ्ने छ । सभा सम्मेलन सहभागी भइएला । रोजगारमा पदोन्नति हुनेछ । शिक्षा तथा खेलकुदमा रुचि बढ्ने छ । साताको अन्त्य तिर कार्यमा केहि चुनौती सामना गर्नु पर्ला । स्वास्थमा समस्या आउन सक्छ ।

वृश्चिक : सामान्य समय छ । आय ब्याय बराबर हुनेछ । आफन्तबाट धोका हुन सक्छ । पारिवारिक बिवाद बढ्न सक्छ । बुधबार पछिका दिन राम्रा छ । लक्षित लक्ष्य पूर्ती हुनेछ । स्वास्थमा सुधार आउने छ । गरिएका काम बाट सन्तुष्टि मिल्ने देखिन्छ । मन प्रसन्न रहने छ ।

धनु : यो साता मध्यम छ । आय ब्याय बराबर होला । ब्यापारमा केहि नोक्सानी बेहोर्नुपर्ला । आफन्त भनिएका बाटै धोका होला, साताको अन्त्य तिर निकै राम्रो समय आउने छ । आट उत्साह बढ्ने छ । परिक्षा सफल हुनेछ ।

मकर : राम्रो समय छ । गरिएका काम बाट सन्तुष्टि मिल्ने छ । बिद्यामा प्रगति होला । सन्तान पक्षबाट सहयोग मिल्ने छ । खानपिनमा रुचि बढ्ने छ । धार्मिक तथा परोपकारिक क्षेत्रमा रुचि बढ्ने छ ।

कुम्भ : उत्तम समय छ । राजनीतिक क्षेत्रमा राम्रो छ । कारोबारमा फाइदा होला । गरिएको काम बाट सन्तुष्टि मिल्ने छ । शुभ समाचार सुन्न पाइने छ । आकस्मिक यात्रा होला । मन प्रसन्न रहने छ ।

मीन : सामान्य समय छ । अनावश्यक खर्च बढ्न सक्छ । पारिवारिक विवादले सताउन सक्छ । बुधबार पछिका दिन राम्रो छ । भाग्योदयको योग छ । प्रेम प्रस्ताव आउन सक्छ ।

प्रस्तुतकर्ता : ज्यो. चक्रपाणी डुम्रे (शास्त्री)
अकला देवी ज्योतिष एवं वास्तु सेवा केन्द्र 
ति.न. पा. १ नयाँमिलचोक 
सम्पर्क न.९८५७०३५४६१ 
(ज्योतिष,वास्तु र कर्मकाण्ड सम्पुर्ण सेवाका साथै प्रशिक्षण पनि दिइन्छ ।)