हुम्ला जीप दुर्घटना : बेपत्ता हुने नौ जनाको पहिचान

बुलेटिन संवाददाता
३ असार २०७६, मंगलवार १३:१२

३ असार, हुम्ला । खार्पूनाथ गाउँपालिका–५ बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकबाट लु १ ज ७१६६ नम्बरको जिप कर्णाली नदीमा खसेर बेपत्ता हुनेको सङ्ख्या नौ पुगेको छ ।

मंगलबार अपराह्न भएको दुर्घटनामा बेपत्ता हुनेमा १० जना पुगेको घटनास्थल रहेका खार्पूनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले जानकारी दिए । उनअनुसार दुर्घटनामा परी बेपत्ता हुनेमा गाउँपालिकाका उपाध्यक्ष सिन्दु शाही हमाल, उनका भाइ चन्द्र हमाल, गाडी चालक मणि शाही, ढुक्कु भण्डारी नामले चिन्ने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह रहेको प्रमाणित भएको छ ।

यसैगरी खार्पूनाथ गाउँपालिका–१ का कौर कामी र उनको दुई वर्षको छोरासमेत बेपत्ता भएका छन् । दुर्घटनामा गाडीको वल्डिङ गर्न गएका एक जना मिस्त्रीसमेत परेका छन् तर उनको परिचय खुल्न नसकेको हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जीपको खोजी भइरहेको जानकारी दिए ।

लु १ ज ७१६६ नम्बरको कर्णाली नदीमा बेपत्ता भएको छ । दुर्घटनास्थलमा चार वटा हेलिकप्टर खटिएको जानकारी प्राप्त भएको छ भने गाडी दुर्घटना क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल आर्मी खोजीमा परिचालित गरिएको सहायक प्रजिअ अमहेशकुमार पोखरेलले जानकारी दिए ।