विश्वकपमा आज अस्ट्रेलियाविरुद्व पाकिस्तान भिडदै

बुलेटिन संवाददाता
२९ जेष्ठ २०७६, बुधबार ०९:५३

२९ जेठ, लण्डन । एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत आज साविक विजेता अस्ट्रेलियाविरुद्व पाकिस्तान मैदानमा उत्रदै छ । यो खेलमा जितसँगै दुबै टोलीले सेमिफाइनल चरण प्रवेशको सम्भावना जीवित राख्ने प्रयास गर्ने छन् ।

प्रतियोगितामा टस्ट्रेलियाले सुरुवातका दुई खेलमा जित हात पार्दा तेस्रो खेलमा भारतसँग पराजय बेहोरेको छ । पाकिस्तान आफ्नो पहिलो खेलमा पराजय बेहोर्दा दोस्रो खेलमा आयोजक इङ्ल्यान्डलाई पराजित गर्दै खेलमा फर्किएको छ ।

यद्यपि छिमेकी श्रीलंकाविरुद्व भएको प्रतियोगिताको आफ्नो तेस्रो खेल भने वर्षाले अवरुद्ध हुँदा अंक बाढ्न पुगेको थियो ।

समान तीन खेलबाट चार अंक बनाएको टस्ट्रेलिया अंकतालिकाको चौथो स्थानमा रहेको छ भने तीन अंकमै रोकिएको पाकिस्तान आठौं स्थानमा रहेको छ ।

त्यसैले आजको खेलमा जितसहित अंकतालिकामा आफ्नो स्थान सुधार गर्ने प्रयास दुबै टोलीको हुने छ ।