लाईम एण्ड लेमन पाचौ वर्षमा प्रवेश

बुलेटिन संवाददाता
२८ जेष्ठ २०७६, मंगलवार ०७:३५

२८ जेठ, बुटवल । लाईम एण्ड लेमन लाउन्च क्याफेले स्थापनाको पाचौ वर्ष प्रवेशको अवसरमा सरसफाई गरेको छ ।
क्याफेले मंगलबार विहान मिलन चोकको तिनकुनेदेखि कालिकानगरसम्म सरसफाई गरेको हो ।

यसैगरि क्याफेले टोल सरसफाईमा उपयोगी हुने गरि वडा नं. ९ का टोल समितिहरुलाई १५ थान डष्टबिन बाल्टी हस्तान्तरण गरेको छ ।

कार्यक्रमा सहभागि हुदै बुटवल उपमहानगरपालिका वडा नं ९ का वडाअध्यक्ष विष्णु बहादुर थापाले ब्यवसायिक सफलतासंगै सामाजिक उत्तरदायित्व निर्वाह महत्वपूर्ण हुने बताए । नगरका भित्री सडक, नालाको बिस्तार, स्तरोन्नती र ब्यवस्थापनको कामलाई तित्र्रताका साथ अगाडी बढाईएको भन्दै यसमा सबैको साथ जरुरी रहेको बताए ।

रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यावसायी संघका अध्यक्ष समुन्द्र जिसिले पर्यटनको सम्भावनाको कारण नै उहाँ पर्यटन ब्यवसायीको लगानी बढेको बताए । गतवर्ष देखि शुरु भएको सडक खाना महोत्सवलाई यसवर्ष निरन्तरता दिने योजना रहेको भन्दै यसका लागि स्थानिय सरकारबाट सहयोग जरुरी रहेको उनले बताए ।

रात्रिकालिन सेवा अहिलेको आवश्यकता भएको भन्दै उनले यसतर्फ प्रहरीप्रशासनबाट आवश्यक सहयोगको अपेक्षा रहेको बताए । संघका महासचिव माधव खनाल सामाजिक उत्तरदायित्व अन्तरगत सबै संघसंस्थाहरु लाग्नुपर्ने बताए ।

सामुदायिक तथा वातावरण समितिका अध्यक्ष भरतराम भट्टराई, मुनाल टोल विकास संस्थाका अध्यक्ष हेमा न्यौपानेले सामाजिक काममा सबैको साथ जरुरी रहेको उनले बताए ।
क्याफेका संचालक सागर पौडेलले उपभोक्ताको सन्तुष्टिलाई प्राथमिकता राखि खानाको शुद्धतालाई ध्यान दिदा सफलता मिलेको बताए ।

क्याफेका संचालक जया पौडेलले सेवा उद्योगसंगै ब्यवसायिक जनशक्ति उत्पादनको कामलाई समेत आफुहरु अगाडि बढाएको बताईन । मेघा ईन्टच्युट अफ होटल म्यानेजमेन्टमार्फत रेष्टुरेन्ट सम्बन्धि तालिमहरु दिदै आएको उनले बताईन ।

बुटवलबाट शुरु भएको सेवालाई देशब्यापी बनाउने लक्ष्यसहित चितवनमा समेत एउटा शाखा विस्तार गरिएको छ ।