आर्घाखाँचीमा वडा कार्यालयको भवन बनाउन पत्रकार भुसालले गरे जग्गा दान

बुलेटिन संवाददाता
२६ जेष्ठ २०७६, आईतवार १३:०२

२६ जेठ, बुटवल । अर्घाखाँचीमा एक बरिष्ठ पत्रकारले नगरपालिकाको वडा कार्यालय बनाउन जग्गा दान गरेका छन । बुद्ध सामुदायिक टेलिभिजन बुटवलका कार्यकारी प्रमुख बरिष्ठ पत्रकार विष्णुप्रसाद भुसालले सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ लाई भबन निर्माण गर्नका लागि जग्गा प्रदान गरेका हुन । भुसाल नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सस्थापक सभापति समेत हुन ।

सन्धिखर्क नगरपालिका वडा नम्वर ९ अर्धाका स्थायी बासिन्दा भुसालले ५ लाख रुपैया भन्दा बढी पर्ने एक रोपनी ३ आना जग्गा वडा कार्यालय भवन निर्माणका लागि नगरपालिकालाई हस्तान्तरण गरे ।

भुसालले आइतबार सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल लाई जग्गा धनी प्रमाण पत्र अर्थात लालपुर्जा हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा नगरप्रमुख कमल प्रसाद भुसालले जग्गा प्रदान गर्ने भुसाल परिबार लाई धन्यवाद प्रदान गरि शुभकामना दिदै सोही अवसरमा जग्गा धनी प्रमाणपत्र नगरप्रमुख भुसालले वार्ड अध्यक्ष देब बहादुर रायमाझी लाई हस्तान्तरण समेत गरे ।