कारागार ब्यवस्थापन गोष्ठी: ‘कारागारलाई सुधार केन्द्रमा रुपान्तरण गर्छौ’ – मन्त्री केसी

बुलेटिन संवाददाता
२६ जेष्ठ २०७६, आईतवार १२:३७

२६ जेठ, तिलोत्तमा । प्रदेश पाँचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले अहिलेकाकारागारलाई सुधार केन्द्रको रुपमा बिकास गरीने बताएका छन ।

कारागार ब्यवस्थापन सम्बन्धी प्रदेश स्तरीय समन्वय गोष्ठीको आज तिलोत्तमामा उद्घाटन गर्दै उनले साझा सुचिका अधिकार नटुङगीदा समस्या भएपनि अव कारागारलाई सुधार गृहका रुपमा रुपान्तरण गरीने बताए ।

मन्त्री केसीले सवै प्रकारका बन्दीलाई एकै स्थानमा राख्नु गलत भएकोले अव प्रकृति वा अपराधका हिसावले बर्गीकरण गरेर राख्ने ब्यबस्था छिट्रटै मिलाईने बताए । बन्दी गरीएका कैदी हरुलाई मानविय ब्यबहार गर्न सिपमुलक तालिम प्रदान गरेर कैेदी हरुलाई सुर्धान समेत उनले आग्रह गरे ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरी प्रसाद मैनाली सबै प्रदेशका सझा समस्या रहेको बताए । उनले भने “समस्या धेरै छन्, कर्मचारीको अभाव छ,अत्यन्त जिर्ण भवन, ढल छैन पर्खाल छैन नयाँ कार्यालय बनाउने योजना छ । कम लागलमा राम्रो पनि बनाउन सकिन्छ । प्रयासरत छौ अव बनाउ छौ” ।

कार्यक्रममा प्रदेश पाचका सबै जिल्लाका जेलरहरुको आफ्ना समस्या राखेका थिए । कार्यक्रममा कारागार ब्यवस्थापन विभागका निर्देशक सुनिल खनाल,रुपन्देहिका निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी अभावका विच काम गर्दा समस्या भएको बताए ।

कार्यक्रम कारागार व्यबस्थापन विभागका शाखा अधिकृत सन्तोष लामिछानेको संचालनमा सम्पन्न भएको थियो ।