पृथ्वीराजमार्गको चुम्लिङटारमा बस र ट्याङ्कर ठोक्किदा १८ घाइते

बुलेटिन संवाददाता
२६ जेष्ठ २०७६, आईतवार १०:४६

२६ जेठ, चितवन । चितवनमा बस र ट्याङ्कर एक आपसमा ठोक्किदा १८ जना घाइते भएका छन् ।

काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नम्बरको को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नम्बरको बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आज बिहान एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन् ।

घाइतेमध्ये चारको अवस्था गम्भिर रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ ।