मिस मेगा रुपन्देहीको अडिसनबाट छानीए ८ प्रतियोगीहरु

बुलेटिन संवाददाता
२५ जेष्ठ २०७६, शनिबार १७:५२

२५ जेठ, बुटवल । मिस मेगा रुपन्देही सौन्दर्य प्रतियोगिताको अडिसन आज सम्पन्न भएको छ । बुटवलको विट पोर्ट लााउन्ज एण्ड वारमा शनिवार सम्पन्न अडिसनबाट ८ जना प्रतियोगीहरु छनोट भएका छन ।

नारिहरुको सौन्दर्य र कला प्रदर्शन क्षमतालाई प्रस्फुटन गर्ने उद्धेश्यका साथ अन्सु इभेन्ट प्रालि (ए–इभेन्ट) ले संचालन गरेको सो सौन्दर्य प्रतियोगिताको फाइनल आगमी असार २२ गते हुने अन्सु इभेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत अमित बाबु कुँवरले जानकारि दिए ।

अडिसनमा कम्तिमा एसइइ परिक्षा दिएका किशोरीहरु सहभागि भए भने माथिल्लो उमेरको कुनै हदवन्दि राखिएको छैन । कार्यक्रममा जयन टेक्निकल कलेज अफ टेक्नोलोजीले डृेस डिजाइन गरेको थियो ।

पछिल्लो समय मोडलिङ्ग र सौन्दर्य प्रदर्सनमा युवा युवतीहरुको बढ्दो क्रेजलाई ध्यानमा राखेर सो प्रतियोगिता आयोजना गरिएको इभेन्ट म्यानेजर रवि रानाले बताए ।

नगर, जिल्ला र प्रदेश स्तरिय बिभिन्न इभेन्टहरु गर्दै आएको ए–इभेन्टले रुपन्देहीमा आफ्नो पहिलो कार्यक्रमको रुपमा सौन्दर्य प्रतियोगिता संचालन गरेको हो ।