शिक्षा सेवा प्राविधिक सम्बन्धि अभिमुखिकरण कार्यक्रम योगीकुटीमा सम्पन्न

बुलेटिन संवाददाता
२५ जेष्ठ २०७६, शनिबार १२:४०

२५ जेठ, तिलोत्तमा । स्थानीय तहका लागी लोकसेवा आयोगद्घारा लिईने शिक्षा सेवा प्राविधिक सहायकु पदका लागी अभिमुखिकरण कार्यक्रम शनिबार योगीकुटीमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै यस क्षेत्रका शिक्षाविद्हरूले लोकसेवा आयोगले खुल्ला गरेको कोटालाई अवसरका रूपमा लिदै अबको २ महिनापछि हुने परिक्षामा हौंसलापूर्वक सहभागिता जनाउन आग्रह गरेका छन । लोकसेवाले प्रदेश ५ लाई १०० बढी र लुम्विनी अन्चललाई मात्र करीब ४० वटा कोटा निर्धारण गरेको बताउँदै सहभागी शिक्षाबिद्हरूले लोकसेवा आयोगको यो परिक्षा पारदर्शी र निष्पक्ष हुने प्रष्ट पारे ।

साथै उनीहरूले लोकसेवालाई विश्वास नगर्नु भनेको आफैलाई विश्वास नगर्नु सरह भएको औंल्याउदै शिक्षा प्राविधिक सहायक पदका लागी लिने भनिएको यो परिक्षा कुनै हालतमा स्थगित नहुने प्रष्ट पारे ।

सुप्रिम एजुकेशनल ईन्स्टिच्युट एंव कन्सल्टेन्सी योगीकुटीले शनिबार तिलोत्तमा २ स्थित जनजागृती मावि मा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि एंव सामाजिक विकाश मन्त्रालय प्रदेश नं ५ का उपसचिव थानेश्वर ज्ञवालीले, शिक्षा सेवा आयोगले खुल्ला गरेको यो कोटा र विज्ञापन आफैमा ठूलो अवसर भएको बताउदै संघीयताको कार्यान्वयनसँगै यति धेरै संख्यामा लोकसेवा आयोगले कोटा खुल्ला गरेको यो नै पहिलो पटक भएको जनाए ।

कक्षा १२ पास भएका जो कोही परीक्षामा सामोल हुन सक्ने र त्यसको तयारीका लागी अहिलेबाटै जुट्न समेत सहभागी सबैलाई उनले आग्रह गरे । सो अवसरका सैनामैना नगरपालिकाका शिक्षा प्रमुख धनेश्वर पन्थि, तिलोत्तमा नगरपालिकाका शिक्षा अधिकृत सुदीप गिरि, संस्थाका निर्देशक टंक प्रसाद पौडेल एंव सहभागीको तर्फबाट विश्व पोख्रेल लगायतले मन्तब्य दिएका थिए । करीब २०० जना भन्दा बढी सहभागिताका माझ सम्पन्न अभिमुखिकरण कार्यक्रममा आयोजक सुप्रिम एजुकेशनल ईन्स्टिच्युटले शिक्षा सेवा प्राविधिक सहायकु पदका लागी तयारी कक्षा आईतबारबाट सन्चालन गर्ने जनाएको छ ।

बिदा बाहेक हरेक दिन बिहान ७ बजेदेखि र साँझ ५ बजेपछि गरि २ सिफ्टमा सन्चालन गरिने तयारी कक्षाका लागी फर्म बितरण समेत शनिबारबाटै शुरू भएको आयोजक संस्थाले जानकारी दिएको छ । गत फाल्गुन महिनाबाट संन्चालनमा आएको इन्स्टिच्युटले विभिन्न विषयमा कोचिगं तथा ट्युशनका क्लास समेत सन्चालन गर्दै आएको छ । शिक्षाबिद् हरि प्रसाद ज्ञवालीको सभापतित्व रहेको कार्यक्रममा खेमराज खनालले धन्यबाद ज्ञापन र नरेन्द्र क्षेत्रीले कार्यक्रमको सन्चालन गरेका थिए ।