कोरियामा कुकुरको मासु विक्रि गर्ने पसलहरु बन्द गरिँदै

बुलेटिन संवाददाता
२५ जेष्ठ २०७६, शनिबार ११:३२

शिव भुसाल

२५ जेठ, सौल/ कोरिया । कोरियाका मूख्य सहरमा रहेका कुकुरको मासु विक्रि गरिने पसलहरु बन्द गर्न सुरु गरिएको छ ।
पशु अधिकारवादीहरुको चर्को आलोचनापछि कोरियाको दोस्रो ठुलो सहर बुसानमा कुकुरको मासु बेच्ने मूख्य पसलहरु आगामि महिनादेखि बन्द गर्न लागिएको हो ।

कार्यालयका अनुसार आगामि महिना जुलाई ११ देखि बुसानको मुख्य सहरमा रहेका १९ ओटा मासु पसल बन्द गर्न लागिएको बुसान स्थित प्रान्तिय कार्यालयलाई उद्धृत गर्दै कोरिया टाईम्सले जनाएको छ ।

उक्त ब्यवसायमा संलग्न व्यवसायीहरुलाई अन्य व्यवसायमा लाग्नकालागि त्यहाँको जिल्ला प्रसासन कार्यालयले आर्थिक सहयोग गर्ने सम्झौता गरेको छ । जसअनुसार आगामि वर्ष सन २०२० को डिसेम्बर महिनासम्म कार्यालयले प्रतिव्यवसायी मासिक २७ सय अमेरिकी डलरका दरले सहयोग गर्ने गरी सम्झौता समेत भएको समाचारमा जनाइएको छ ।

कोरियामा क्रियाशिल पशु अधिकारवादीहरुले कोरिया सरकारको उक्त योजनाको विज्ञप्ती प्रकाशित गर्दै स्वागत समेत गरेका छन् । उनिहरुले बिज्ञप्ति जारी गरि भनेका छन ‘हामी सबै पशुअधिकारवादीहरुले कोरियामा कुकुरको मासु वेच्ने व्यवसायको अन्त्य गर्न लागिएको सरकारी योजनाको हृदयदेखि स्वागत गर्न चाहन्छौँ ।’

बुसानमा कुकुरको मासु विक्रि गर्ने मूख्य पसलहरु बन्द गर्ने निर्णय हुनु पशुअधिकारका क्षेत्रमा ठुलो उपलब्धि भएको भन्दै देशका अन्य सहरहरुमा पनि यो अभियानलाई निरन्तरता दिन सरकारलाई दबाव दिईरहने उनिहरुले जनाएका छन ।

कोरियामा कुकुरको मासु विक्रि गर्ने पसलहरु बन्द गरिँदै
२१ जेठ, सौल । कोरियाका मूख्य सहरमा रहेका कुकुरको मासु विक्रि गरिने पसलहरु बन्द गर्न सुरु गरिएको छ ।