प्रदेश ५ नेपाल कम्युनिष्ट पार्टीद्धारा संसद विकास कोषको व्यवस्था नगर्न सरकारलाई आग्रह

बुलेटिन संवाददाता
२४ जेष्ठ २०७६, शुक्रबार १३:१२

२४ जेठ, बुटवल । प्रदेश ५ नेपाल कम्युनिष्ट पार्टीले संसद विकास कोषको व्यवस्था नगर्न सरकारलाई आग्रह गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले संसद विकास कोषका नाममा कुनै पनि रकम आगामी बजेटमा बिनियोजन नगर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

प्रदेश ५ मा सत्तारुढसहित अधिकांश सांसदहरुले कम्तिमा ३ करोड रकम सांसदलाई दिनुपर्ने बताउदै आएका थिए । नेपाल संसदीय दलको बैठकले सांसदलाई रकम दिने कुरा संघीयता बिरोधी हुने भन्दै त्यस्तो व्यवस्था रोक्न सरकारलाई आग्रह गरेको हो ।

मुख्यमन्त्री तथा दलका नेता शंकर पोखरेल अनुपस्थित बैठकले समानुपातिक बजेट निर्माणका लागि आग्रह गरेको प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

दलका उपनेता एव आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकमा अधिकांश सदस्यले बजेट दिनुपर्ने माग राखेका थिए ।