अष्ट्रेलियाका लागि बुटवलमा खुल्यो एबीसी

बुलेटिन संवाददाता
२४ जेष्ठ २०७६, शुक्रबार ०९:३७

२४ जेठ, बुटवल । उच्चशिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीको सहजताका लागि बुटवलमा ए.बी.सी एजुकेशन एण्ड माईग्रेशनले शुक्रबारदेखि आफ्नो सेवा शुभारम्भ गरेको छ ।

काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको ए।बी।सीले बुटवल ट्राफिक चोकमा चौथो शाखा खोलेर विद्यार्थीका लागि सेवा शुभारम्भ गरेको हो । अहिलेसम्म एक हजार बढी विद्यार्थीहरुलाई शैक्षिक सेवा दिईसकेको ए.बी.सीले तीन सय जनालाई अष्टेलिया अध्ययनका लागि पठाएको ए.बी.सी का प्रवन्ध निर्देशक सन्तोष अधिकारीले जानकारी दिए ।

गुणस्तरीय शिक्षा सँगै ९८ प्रतिशत विद्यार्थी पठाउन ए.बी.सी सफल भएको बताउदै अधिकारीले अध्ययनका लागि अष्ट्रेलिया जाने एक विद्यार्थीले १५ देखि २० लाखसम्म खर्च गर्नुपर्ने उल्लेख गरे । विभिन्न ५५ वटा युनिभर्सिटीमा अध्ययनका लागि पठाउने एबीसीले बुटवलबाट पनि काठमाण्डौ सरहको गुणस्तरिय सेवा दिने बुटवल शाखा प्रवन्ध निरज गौतमले जानकारी दिए ।

बुटवलमा शाखाबाट ई-लाईबेरी, स्मार्ट बोर्ड, कम्प्यूटर ल्याव, लाईवेरी लगायतका सेवा विद्यार्थीहरुले बुटवल कार्यालयबाटै पाउने गौतमले बताए । अष्ट्रेलियासँगै क्यानडा अध्ययनका लागि जाने विद्यार्थीका लागि ए.बी.सी. भरपर्दो कन्सल्टेन्सि रहेको उनले बताए ।


काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको एबीसीले चितवन नारायणगढ, टाडी, विर्तामोर्डमा शाखा खोलेर अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीलाई गुणस्तरिय शैक्षिक सेवा दिदै आएको कन्सल्टेन्सिले बताएको छ ।

बैदेशिक अध्ययन, अनुसन्धान तथा परामर्शका लागि काठमाण्डौ धाउनु पर्ने समस्यालाई अन्त्य गर्न बुटवल एजुकेशनल एण्ड रिसर्च सेन्टरद्वारा ए.बी.सी संचालनमा ल्याइएको अध्यक्ष डाक्टर सुर्य रानाले बताए ।