पश्चिम नेपालमा विकसित भएको मौसमी उत्तरतर्फबाट बाहिरिएकाले सबैतिर खतरामुक्त

बुलेटिन संवाददाता
२४ जेष्ठ २०७६, शुक्रबार ०६:२५

२४ जेठ, काठमाडौ। पश्चिम नेपालमा विकसित भएको मौसमी प्रणाली हाल मध्य हुँदै उत्तरतर्फबाट बाहिरिएकाले  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद्का अनुसार ‘पूर्वबाट उत्तरतर्फ गएको मौसमी प्रणाली त्यहाँबाट पनि बाहिरिएकाले अब सबैतिर खतरामुक्त रहेको छ ।यद्यपि ती क्षेत्रमा बदली हुने सम्भावना भने रहेको महाशाखाको भनाइ छ ।

विहीबार राति धनगढी क्षेत्रबाट प्रवेश गरेको सो मौसमी प्रणालीले जनधनको क्षति गराएको थियो । सो मौसमी प्रणाली पूर्व तर्फ लागेकोमा मध्य क्षेत्र काठमाडौंमा पनि आज विहान हुरी बतास चलेको थियो । त्यस लगत्तै उत्तरतर्फ सो प्रणाली लागेकोमा केहीबेर अघि उत्तरबाट पनि बाहिरिएको मौसमविद्को भनाइ छ ।

महाशाखाले आज दिउँसो देशका पूर्वी भूभागमा सामान्य वदली रहने र मध्य र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य वदली रही पश्चिमी भूभागका थोरै स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा हावाहुरी तथा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ । देशका उच्च हिमाली भेगका केही स्थनमा हल्का हिमपातको संभावना रहेको जनाइएको छ ।

त्यस्तै, आज राति देशका पूर्वी र मध्य भूभागमा सामान्य वदली रहने र पश्चिमी भूभागका केही स्थानहरूमा आंशिक वदली रही मध्य तथा पूर्वी भूभागका केही स्थान तथा पश्चिमी भूभागका थोेरै स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।