रुपन्देहीमा घुस रकम लिँदालिँदै एक प्रहरी निरीक्षक अख्तियारको फन्दामा

बुलेटिन संवाददाता
२३ जेष्ठ २०७६, बिहीबार १५:१३

२३ जेठ, बुटवल । रुपन्देहीमा एक प्रहरी निरीक्षक घुस लिँदालिँदै अख्तियरको फन्दामा परेका छन । रुपन्देहीको सैनामैना नगरपालिका स्थित इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक केशवबहादुर बस्नेत घुससहित पक्राउ गरेका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले बस्नेतलाई बिहीबार १५ हजार घुस लिँदालिँदै पक्राउ गरेको हो ।

बस्नेतलाई ढुंगा गिट्टिको कारोबार गर्नेसँग रकम लिँदै गर्दा अख्तियारले पक्राउ गरेको हो । पक्राउ परेका बस्नेतमाथि थप अनुसन्धान थालिएको अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताए ।