मिस मेगा रुपन्देही सौन्दर्य प्रतियोगिता बुटवलमा हुने

बुलेटिन संवाददाता
२३ जेष्ठ २०७६, बिहीबार १३:२१

२३ जेठ, बुटवल । बुटवलमा मिस मेगा रुपन्देही सौन्दर्य प्रतियोगिता हुने भएको छ । नारिहरुको सौन्दर्य र कला प्रदर्शन क्षमतालाई प्रस्फुटन गर्ने उद्धेश्यका साथ अन्सु इभेन्ट प्रालि (ए–इभेन्ट) ले प्रतियोगिता गर्न लागेको हो ।

जेठ २५ गते बुटवलमा हुने अडिसनमा कम्तिमा एसइइ परिक्षा दिएका किशोरीहरुले सहभागिता जनाउन पाउने छन । प्रतियोगितामा सहभागि हुन माथिल्लो उमेरको भने कुनै हदवन्दी नराखिएको अन्सु इभेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत अमित बाबु कुँवरले जानकारि दिए ।

बुटवलको बिट पोर्ट क्लव एण्ड लाउन्जमा हुने अडिसन पश्चात छनोट भएकाहरुलाई फाइनल राउण्डमा सहभागी गराई बिजेता छनोट गरिने इभेन्ट डाइरेक्टर रवि रानाले जानकारि दिए ।

पछिल्लो समय मोडलिङ्ग र सौन्दर्य प्रदर्सनमा युवा युवतीहरुको बढ्दो क्रेजलाई ध्यानमा राखेर सो प्रतियोगिता आयोजना गरेको रानाले बताए ।

नगर, जिल्ला र प्रदेश स्तरिय बिभिन्न इभेन्टहरु गर्दै आएको ए–इभेन्टले रुपन्देहीमा आफ्नो पहिलो कार्यक्रमको रुपमा सौन्दर्य प्रतियोगिता गर्न लागेको हो ।
बुलेटिन नेपाल डट कम सो प्रतियोगिताको अनलाईन मिडिया पार्टनर रहेको छ ।