वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार पाण्डे सम्मानित

बुलेटिन संवाददाता
२२ जेष्ठ २०७६, बुधबार १०:०४

२२ जेठ, भैरहवा । उत्कृष्ट वातावरण पत्रकारीता पुरस्कार २०७५ बाट बुटवलका पत्रकार छवि पाण्डे सम्मानित हुएका छन ।

विश्व वातावरण दिवसको अवसरमा आज नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले भैरहवामा आयोजना गरेको समारोहमा पत्रकार पाण्डेलाई २५ हजार नगद राशी सहित सम्मान पत्र प्रदान गरी पुरस्कृत गरिएको हो ।

पूर्व सभाषद तथा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका पूर्व सभापति बिनोद पहाडी र पुरस्कारका सस्थापक नारायण सापकोटाले पुरस्कार तथा सम्मान पत्र प्रदान गरेको हो ।

बिगत तीन दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार पाण्डे रुपन्देहीको सैनामैना नगरपालिका वार्ड नं. ४ मुर्गियामा बसोेबास गर्दै आएका छन । चौतारी दैनिक पत्रिकाबाट पत्रकारितामा प्रवेश गरेका पत्रकार पाण्डे गोरखापत्र दैनिकमा समेत आबद्ध छन । उनले उत्कृष्ठ पत्रकारिता पुरस्कार, औद्योगिक पत्रकारिता पुरस्कार लगायतबाट पुरस्कृत भैसकेका छन ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक सभापति दिनेश पाण्डेको सभापतित्व सहसचिव कमल रायमाझिको सञ्चालनमा भएको कार्यक्रममा महासंघ रुपन्देहीका पूर्वअध्यक्ष बालकृष्ण चापागाई, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष अमृत गिरी, नेपाल प्रेस युनिय रुपन्देहीका सभापति रेखा भुसाल, प्रेस क्लव लुम्विनीका अध्यक्ष दिपेश पछाई, जिल्ला डिभिजन वन कार्यालय रुपन्देहीका अधिकृत अभिमन्यू केसी, साहित्यकार बिजय सागर, हरी थापा, खिम बहादुर खत्री, थानेश्वर पाण्डे लगायतले बोलेका थिए ।