प्रदेश न ५ का मुख्यमन्त्री शंकर पोखरेलद्धारा इदको शुभकामना व्यक्त

बुलेटिन संवाददाता
२२ जेष्ठ २०७६, बुधबार ०७:४७

२२ जेठ, बुटवल । प्रदेश न ५ का मुख्यमन्त्री शंकर पोखरेलले इस्लाम धर्मावलम्बीहरुको महानपर्व ईदउलफित्र (इद) पर्वको अवसरमा इस्लाम धर्मालम्बीहरुका लागी शुभकामना ब्यतm गरेका छन् ।

नेपाल सांस्कृतिक विविधता भएको मुलुक भएकाले विभिन्न जातजाति र समुदायले मनाउने पर्व र परम्पराले मुलुक सांस्कृतिक रुपमा रंगिन बनेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । मुख्यमन्त्री पोखे्रलले शुभकामना सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधानले अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र बिकासमा लागी मार्ग प्रशस्त गर्दै संबैधानिक रुपमा मुस्लिम आयोगको गठन गर्ने ब्यबस्था गरेर मुस्लिम समुदाय प्रति सम्मान ब्यतm गरेको उल्लेख गरिएको् छ ।

मुख्य मन्त्रीद्धारा व्यक्त इद पर्वको शुभकामना सन्देश
इस्लाम धर्मावलम्बीहरुको महानपर्व ईदउलफित्र (इद) पर्वको अवसरमा समस्त स्वदेश तथाविदेशमा रहनु भएका इस्लाम समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल सांस्कृतिक विविधता भएको मुलुक हो । विभिन्न जातजाति र समुदायले मनाउने पर्व र परम्पराले मुलुक सांस्कृतिक रुपमा रंगिन बनेको छ ।विविधता युक्त समाजमा मनाइने सांस्कृतिक उत्सव र पर्व कुनै जाति र समुदाय विशेषका नभएर सबैका साझा भएका छन् । समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण तयार गर्न यी पर्वले सघाउ पु¥याउदै आएका छन् । इद पर्वले पनि सद्भाव,भाइचारा र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको छ । संवैधानिक रुपमै मुस्लिमआयोगको गठन गर्ने व्यवस्था गरेर मुस्लिम समुदाय प्रति सम्मान व्यक्त गरेको छ ।

संवैधानिक व्यवस्थाअनुसार मुस्लिम आयोग गठन भइ कार्यारम्भ भएको छ । संविधान कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ बनाउने दिशामा मुलुक अघि बढिरहेको छ ।संविधान कार्यान्वयन हुँदै जादा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्तअधिकारको उपभोग गर्दै जानेछन् ।

अहिले मुलुक समृद्धिको यात्रामा अघि बढेको छ । विकास र समृद्धिको बाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने हाम्रो लक्ष्य हो । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ। त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेका छौ ।

यो लक्ष्यमा पुग्नका लागिआवधिक योजना बनाएर आगामी मार्ग्चित्र प्रष्ट पारेका छौं । आवधिक योजनाले तयार गरेको मार्ग्चित्र अनुसार आगामी बर्षको बजेट आउने छ । जसले समृद्धिको यात्रालाई अझ फराकिलो बनाउने छ । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपिल गर्दछु ।
अन्त्यमा, इद पर्वको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना ।

शंकर पोखरेल
मुख्यमन्त्री