लोकेन्द्र सापकोटाको लोक भजन ‘बैकुण्ठमा सरर ‘ले चर्चा बटुल्दै

बुलेटिन संवाददाता
२१ जेष्ठ २०७६, मंगलवार १५:५५

चक्रपाणी डुम्रे 

२१ जेठ ,बुटवल , चर्चित लोक तथा भजन गायक लोकेन्द्र सापकोटाको “बैकुण्ठमा सरर” लोक भजनले बजारमा चर्चा बटुलेको छ। सापकोटालाई गायिका शिलु भट्टराईले स्वरमा साथ दिएकि छन् । भट्टराई लोकसङ्गितमा स्थापित भैसकेकि गाइका हुन् तर भजनमा भने उनको स्वर यो पहिलो पटक हो । उक्त भजन तरेलीकुञ्ज म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ । वैकुण्ठमा सररमा आफ्रनै शब्दमा संगीत भरेका छन् ।

विष्णु भट्टराईको निर्देशन, छायांकन तथा सम्पादन रहेको उक्त गीतमा सुमन पौडेल र बबिता कंडेलको अभिनय देख्न सकिन्छ । सापकोटाले ” वुटवल लुम्वीनी ” नामक एल्वम मार्फत सांगितिक यात्रा शुरु गरेका हुन् ।

स्याङ्जामा जन्मिएर बुटवलबाट साङ्गीतिक यात्रा सुरू गरेका सापकोटाले दर्जन भन्दा बढी लोक भजन एवं लोक दोहोरी गीत बजारमा ल्याएका छन् ।

भिडियो पनि हेर्नुहोस् ।