राईड टु रानीमहलको तयारी पुरा

बुलेटिन संवाददाता
२१ जेष्ठ २०७६, मंगलवार १२:४०

२१ जेठ, बुटवल । साईकल सिटी बुटवल र रुपन्देही जिल्ला साईकल संघको आयोजना तथा धरोहर एडभेन्चरको सहआयोजनामा हुने राईड टु रानीमहलको तयारी पुरा भएको छ ।

प्रदेश सरकारले यो वर्ष लुम्बिनी पर्यटन वर्ष घोषणा गर्दै विभिन्न कार्यक्रमहरुको तयारी गर्दा स्थानिय युवाहरुले कार्यक्रम गर्न लागेको मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि संघका अध्यक्ष पुुकार थापाले बताए । कार्यक्रममा धरान, पोखरा, काठमाण्डौ, कपिलबस्तु, दाङका सय बढी साईक्लिस्टहरु सहभागि हुने थापाले बताए ।

दुई हजार ईन्ट्री फि मा २ दिन एक रातको प्याकेज बनाईएको उनले बताए । जसमा २ वटा ब्रेकफाष्ट, २ लन्च र एउटा डिनर रहेको छ । साथमा रानीमहलमा नै बारबिक्यु, डिजे पार्टी र स्पेशल कार्यक्रमहरु गरिने उनले बताए ।


साईकल सिटी बुटवलका अध्यक्ष धिरेन तुलाधारले यो कार्यक्रममार्फत पर्यटन प्रवद्र्धनको लक्ष्य राखेको बताए । साईक्लिङलाई पर्यटनसंग जोड्ने गरि प्रत्येक वर्ष कार्यक्रमहरु गर्दै आएको उनले बताए ।

तुलाधरले बुटवलबाट रानीमहलको करीब ५४ किलोमिटरको दुरीलाई जोड्ने गरि कार्यक्रम गरिदा साहसिक खेल पर्यटनका रुपमा विकास हुने बताए । दुई दिन र एक रातको कार्यक्रममा करीब ५ लाख खर्च अनुमान रहेको उनले बताए ।