बुटवलमा रोड सो सहित यामाहा एफजी एस एफ आई V3 ABS सार्वजनिक

बुलेटिन संवाददाता
२० जेष्ठ २०७६, सोमबार १६:२२

२० जेठ, बुटवल । नेपालको लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो राष्ट्रव्यापी यात्रा एफजी एस एफ आई V3 ABS ‘फिल द थ्रिल’ सुरु गरेको छ ।

सोमबार बुटवलबाट सुरु गरिएको रोड सोमा चर्चित गायक अल्मोडा राना उप्रेती र धर्मेन्द्र सेवानको प्रस्तुतीबीच नयाँ मोटरसाइकल यामाहा एफजी एस एफ आई V3 ABS सार्वजनिक गरिएको छ ।

रोड सोमा अल्मोडाले ‘पानी प¥यो’, ‘माया माया’, ‘दिलको भित्तामा’ र ‘यति यति पानी’ बोलका गीत गाएर दर्शकस्रोतालाई नचाएका थिए । त्यसैगरी, धर्मेन्द्र सेवानले ‘हेर्दा राम्रो’, ‘दिलै जलायौ’, ‘रेशम फिरिरि’ बोलको प्रस्तुती दिएका थिए । कार्यक्रम यामाहाको बुटवलको डिलर बुटवल वाईकर्स प्रा.लि., बुटवलको परिसरमा भएको थियो ।

रोड सोकै क्रममा यामाहाको नयाँ मोटरसाइकल एफजी एस एफआई V3 ABS सार्वजनिक गरिएको थियो । उद्योग वाणिज्य संघका अध्यक्ष  खेम बहादुर हमालको प्रमुख आतिथ्यता र बुटवल वाईकर्स प्रा.लि. का प्रबन्धक निर्देशक  तेज भट्टराईको अध्यक्षयतामा नयाँ मोटरसाइकललाई सार्वजनिक गरेका हुन् । कार्यक्रममा स्वागत मन्तवय बुटवल वाईकर्स प्रा.लि.का सेल्स म्यानेजर पारस मरासिनीले राख्नु भएको थियो ।
केही समय अघि नेशनल लन्च भएको यो मोटरसाइकल युवा राइडरहरुको मन जितिसकेको छ । एफजी एस–एफआई V3 ABS अत्याधुनिक ‘एफआई’ (फ्युल इन्जेक्सन) प्रविधि र ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम) दुवै भएको १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल हो । यो मोटरसाइकल ‘राइड विथ् रोडिज्’अन्तगर्त उपल्लो मुस्ताङ, लोमान्थाङमा समेत पुगेर आइसकेको छ । कार्यक्रममा राइड विथ् रोडिज्का सहभागीले आफ्नो अनुभव समेत बताएका थिए ।

नयाँ मोटरसाइकलको सार्वजनिकीकरणले यामाहा आफ्ना ग्राहकको सुरक्षा तथा सबैखाले मौसम र सडक अवस्थामा पनि अद्वितीय ‘राइडिङ एक्सपिरियन्स’ दिलाउन प्रतिबद्ध छ भन्ने तथ्यलाई प्रमाणित गरेको छ । यसमा १४९ सीसीको ‘सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड ब्लुकोर इन्जिन’ रहेको छ जसले अधिकतम १३.२ बीएचपी पावर र १२.८ एनएम टर्क उत्पन्न गर्छ । यसमा अघिल्लो पुस्तामा झैं ५–स्पिड गियरबक्स रहेको छ भने अगाडि ४१ एमएमको ‘टेलिस्कोपिक फर्क’ र पछाडि ‘मोनो शक’ प्रयोग गरिएको छ । यसको फ्रन्ट र ब्याक दुवै ह्विलमा डिस्क ब्रेकको व्यवस्था गरिएको छ ।
नयाँ मोटरसाइकलको फ्युल ट्यांक क्षमता १२.८ लिटर रहेको छ भने यो ‘म्याट ब्लु’, ‘म्याट ब्ल्याक’ र ‘ग्रे क्यान’ गरी तीन वटा ‘एक्साइटिङ कलर’मा उपलब्ध छ । नयाँ एफजी एस एफ आई V3 ABS मा नयाँ ‘फुल–एलईडी डुअल पड हेडल्याम्प युनिट’ र ‘प्रिमियम क्रोम फिनिस’ भएको नयाँ ‘मस्कुलर फ्युल ट्यांक’ रहेको छ र एफजी एस एफ आई V3 ABS को बजार मुल्य रु.३,०९,९००  रहेको छ ।