हिमचुलीको सम्पर्क कार्यालय बेथरीमा

बुलेटिन संवाददाता
२० जेष्ठ २०७६, सोमबार १२:५२

२० जेठ, भैरहवा । धकधई पछि दोश्रो सम्पर्क कार्यालयको रुपमा हिमचुली बचत तथा ऋण सहकारी संस्थाले रुपन्देहीकै बेथरीमा संस्था बिस्तार गरेको छ ।

सोमबार एक कार्यक्रमका बिच मायादेवी गाउँपालिका अध्यक्ष धु्रव नारायण चौधरीले उक्त कार्यालयको उदघाटन गरेका हुन । भैरहवाबाट मात्रै सेवा दिदै आएको सहकारीले ग्रामीण क्षेत्रका बासीन्दा तथा शेयर सदस्यलाई सुविधा दिने उद्देश्यका साथ धकधई र बेथरीमा सम्पर्क कार्यलय स्थापन गरिएको संस्थाका अध्यक्ष बसन्त कुमार लाल कर्णले बताए । उनले मूख्य कार्यालयबाट पाईने सम्पूर्ण सेवा सम्पर्क कार्यालयहरुबाट लिन सक्ने जनाए ।

कार्यक्रममा बोल्दै मायादेवी गाउँपालिका अध्यक्ष धु्रव नारायण चौधरीले तिव्र आर्थिक बिकास तर्फ अग्रसर भै रहेको बेथरीमा बित्तिय संस्था खुल्दै जानु गाउँपालिकाको लागी सकारात्मक भएको बताए । उनले अहिले बैंकहरु स्थानिय जनताको पहुँचमा नभएको अवश्थामा सहकारीलाई ग्रामीण जनतामैत्री हुन सुझाव समेत दिए ।

७ लाख सम्मको दुर्घटना बिमा, २ लाखको जिवन बिमा, ५० हजारको मेडिकल बिमा लगायतको सुविधा सहित सञ्चालन भई रहेको हिमचुली भैरहवा क्षेत्रमा लोकप्रिय रहेको छ । २०६४ सालमा स्थापना भएको सहकारीमा ५ सय ४२ जना शेयर सदस्य रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक अनुराग गुप्ताले जनाए । उनले ११ किसिमको बचतबाट १० करोड जम्मा गरेको छ भने ९ किसिमको ऋणबाट साढे १४ करोड लगानी गरेको बताए । १८ करोड १ लाख ६ हजार २० रुपैया कुल कारोबार रहेको संस्थाको शेयर पूंजि ६ करोड रहेको उनले बताए ।

उनले बेथरी सम्पर्क कार्यालयबाट मासिक बचत संकलन, शेयर बितरण मात्र नभई बिभिन्न रेमिट्यान्स सुविधा, बिद्युत, खानेपानीको बिल भुक्तानी लगायतको सुविधा प्रदान गर्ने बताए ।

हिचुली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बसन्त कुमार लाल कर्णको अध्यक्षता, मायादेवी गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मायादेवी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ,स्थानिय समाजसेवी शन्त कुमार यादव, संस्थाका पूर्व अध्यक्ष सम्साद मुसलमान, सल्लाहकार परशुराम पराजुली लगायतले बोलेका थिए । संस्थाका सचिव अम्बिका तिवारीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष बेचन प्रसाद गुप्ताले स्वागत मन्तब्य राखेका थिए ।