१००, ५०० र १००० दरका नोट नक्कली आउन थाल्यो, यस्ता हुनेछन् विशेषता, कसरी चिन्ने सक्कली

बुलेटिन संवाददाता
२० जेष्ठ २०७६, सोमबार ०९:३४

२० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा नक्कली नोटको विगविगी हुन थालेपछि सक्कली नोट कसरी चिन्ने उपाय सिकाएको छ । १००, ५०० र १००० रुपैयाँ दरका नोट चिन्ने उपाय सिकाएको हो ।

एक हजार दरका नयाँ नोट दृष्टीविहिनहरुले छामेर नै थाहापाउँछन् । पाँच सयका नोटमा पनि विशेष सुरक्षा अपनाइएको छ ।