किसानलाई प्रदेश ५ सरकारको अढाई करोड अनुदान

बुलेटिन संवाददाता
१८ जेष्ठ २०७६, शनिबार ११:३५

१८, जेठ बुटवल । प्रदेश नम्बर ५ सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र पशुपंक्षि तथा मत्स्य विकासको आयोजनामा बुटवलमा एक कार्यक्रम आयोजना गरी २६ वटा कृषक समुह तथा सहकारीहरु लाई उत्पादनमा आधारित नगद अनुदान प्रदान गरिएको हो भने १२१ वटा समुह, सहकारी र फर्मलाई यातायातको साधन पिक अफ भ्यान प्रदान गरिएको हो ।

व्यवसायीक फर्म तथा सहकारीका लालिग सहकार्यमा दाता तथा अन्य पशुजन्य पदार्थको ढुवानीको लागि पिक आफ गाडीको साँचो प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले प्रदान गरेका हुन । यस्तै उत्पादनमा आधारित (दुध) किसान तथा सहकारी समुहलाई उत्पादन प्रर्वद्धनको लागि चेक हस्तानान्तरण समेत गरिएको हो ।

प्रति लिटर १ रुपैयाँ ९२ पैसा रुपैयाँलाई उत्पादनको आधारमा रुपान्तरण गरी प्रदान रकम प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै प्रदेश ५ का मुुख्य मन्त्री शंकर पोखरेलले किसानहरुको घर घरमा प्रदेश सरकार पुग्ने पहिलो अभियान अनुसार केही नमुनाको रुपमा किसानलाई पोत्साहत स्वरुप गाडी र आर्थिक अनुदान प्रदान गरिएको बताएका थिए । उनले प्रदेश सरकार कृषिको बजारीकरण र व्यवसायीकीकरणको पक्षमा रहेको भन्दै मुख्य मन्त्री पोखरेलले प्रदेशमा सुखद संकेतहरु देखिन थालेको बताएका थिए ।

यस्तै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसाना लाई मालिक बनाउने अभियानमा प्रदेश सरकारी लागिपरेको बताएकी थिईन् । कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव बैकुण्ड अधिकारी, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनलायका प्रमुख डा. युगोलकिशोर तिवारी, बरिष्ठ पशुचिकित्क डा. भक्त न्युरे, किसान ईन्द्र लुईटेल लगायतले बोलेका थिए ।