पेट्राेल र डिजेलको मूल्य बढ्यो

बुलेटिन संवाददाता
१६ जेष्ठ २०७६, बिहीबार ०९:०२

१६ जेठ, बुटवल। नेपाल आयल निगमले पेट्राेलियम पदार्थको मूल्य बढाएको छ। आज बिहान १२ बजेदेखि लागू हुनेगरी निगमले डिजेल र पेट्रोलको मूल्य बढाएको छ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा लिटरमा १ रुपैयाँ ५० पैसा मूल्य बढाएको छ। यो सँगै पेट्रोल लिटरको १११ रुपैयाँ र डिजेल / मट्टितेल ९८ रुपैयाँ पुगेको छ।

सरकारले बजेट भाषणबाट डिजेल र पेट्राेलमा अतिरिक्त शुल्क लगाउने निर्णय गरेको थियो।