तिलोत्तमा क्रीकेट विकास समितिको साधारणसभामा पत्रकार र पुर्व खेलाडी सम्मानित

बुलेटिन संवाददाता
११ जेष्ठ २०७६, शनिबार ०५:१९

११ जेष्ठ, तिलोत्तमा । तिलोत्तमा क्रीकेट विकास समितिको तेस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । साधरणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मी क्षेत्रीको आर्थिक प्रतिवेदन बहुमतले पारित गरेको छ ।

साधारणसभाले समितिका सदस्य गङ्गा बहादुर रानालाइ रिक्त रहेको लेखा समिती पदमामा मनोनित समेत गरेको छ ।

कार्यक्रममा पत्रकार स्वस्तिक श्रेष्ठ र पुर्व खेलाडी केवल सिंह राना, किस एफ एमका प्रबन्ध निर्देशक कृष्ण भण्डारि लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समितिका अध्यक्ष अच्युतराज ढुंगानाको अध्यक्षता, पुर्व क्रीकेट खेलाडी तथा समितिका सल्लाहकार यम बहादुर रानाको प्रमुख आतिथ्यता र समितिका सदस्य श्रीराम नेपालिको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन समितिका सदस्य मिलन रानाले गरेका थिए ।

पत्रकार श्रेष्ठ र पुर्व खेलाडी राना सम्मानित

तिलोत्तमा क्रीकेट बिकास समितिले साधारण सभाको अवसरमा क्रीकेट खेलको बिकासमा भुमिका खेल्ने एक जना पुर्व खेलाडी र संचार क्षेत्रबाट खेलको बिकासमा भुमिका खेल्ने एक जना पत्रकारलाई सम्मन समेत गरेको छ ।

जस अन्तरगत  पत्रकार स्वस्तिक श्रेष्ठलाई समितिले सम्मान  गरेको छ । क्रीकेटको बिकासमा सन्चार क्षेत्रबाट महत्त्वपूर्ण भुमिका खेलेको भन्दै समितिले श्रेष्ठलाई नगद सहित दोसल्ला ओढाएर सम्मान पत्रले सम्मन गरेको हो ।

समितिले यस बर्षदेखि सुरु गरेको पत्रकार सम्मन कार्यक्रम अन्तर्गत पहिलो पटक बुटवल टुडेका पत्रकार श्रेष्ठलाई सम्मन गरेको हो । श्रेष्ठ पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष समेत हुन ।

यस्तै समितिले क्रीकेटका पुर्व खेलाडी केवल सिंह रानालाइ पनि सम्मान गरेको छ । लामो समय सम्म क्रीकेट खेल खेलेर यसको बिकासमा योगदान गरेको भन्दै रानालाइ समितिले सम्मान गरेको हो ।