लुम्बिनी बचाऔं संघर्ष समितीको बैठक सम्पन्न

बुलेटिन संवाददाता
८ जेष्ठ २०७६, बुधबार १२:५६

८ जेठ, लुम्बिनी । बुद्धजन्म स्थल लुम्बिनीको संरक्षण सम्बद्र्धनमा टेवा पुरयाउने उद्देश्यले बिभिन्न चार बूंदे निर्णय गर्दै लुम्बिनी बचाऔ संघर्ष समितीको बैठक मंगलबार लुम्बिनीमा सम्पन्न भएको छ ।

बैठकले सबोच्च अदालतको प्रमादेश बिपरीत लुम्बिनी बिकास कोषमार्फत स्वदेशी तथा बिदेशी पर्यटक पाहुनाबाट लुम्बिनी संरक्षणशुल्कको नाममा लिईदै आएको रकम मिनाहा गर्नुपर्ने निर्णय गरेको हो ।

लुम्बिनी बौद्धबिश्वबिद्यालयको एकेडेमिक भवन र होस्टेल हुदा हुदै पनि लुम्बिनीमा पठनपाठन गर्नुको सट्टा कोठा भाडामा लिएर बुटवलमा र देवदहमा संचालन गर्न लागिएको बिषयगत कक्षा पहिला लुम्बिनीमै संचालन गर्न गरि पछि आवश्यकता अनुसार थप ठाँउमा बिस्तार गर्न लगाउने बैठकले टुंगो लगाएको छ ।

बैठकले धार्मिक स्थल आसपासका क्षेत्रबाट भईरहेको गोरुतस्करी नियन्त्रण गर्न सम्बन्धित निकायलाई पहल गर्ने निर्णय गर्नुका साथ २१ सदस्सीय समितीलाई ५१ सदस्सीय समिती बिस्तार गर्ने सर्बसम्मतिबाट पास गरिएको संघर्ष समिती संयोजक रामबिकास चौधरीले जानकारी गराए ।