शैक्षिक गुणस्तरवृद्धिका लागि शिक्षकलाई नेतृत्व विकास तालिम

बुलेटिन संवाददाता
७ जेष्ठ २०७६, मंगलवार ०९:२७

झविन्द्र देवकोटा
७ जेठ, बुटवल । रुपन्देहीका संस्थागत विद्यालयको माध्यमिक तह अध्यापन गराउने शिक्षकको क्षमता अभिवृद्धिका लागि दुई दिने नेतृत्व विकास तालिम बुटवलमा संचालन भएको छ ।

निजी तथा संस्थागत विद्यालयमा अध्यापन गराउने र नेतृत्व लिएका प्राचार्य, सहप्राचार्य तथा विद्यालका प्रतिनिधिहरुलाई लक्ष्यित गरि उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान रुपन्देहीले बुटवलमा तालिम दिएको हो । तालिमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपमेयर गुमादेवी आचार्यले गुणस्तरिय शिक्षा तथा शैक्षिक सुधारका लागि शिक्षकहरुका लागि नेतृत्व विकास तालिम समयसमयमा हुने पर्ने बताए ।

हिसान रुपन्देहीका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा भएको विद्यालय ब्यवस्थापनमा नेतृत्व तथा शैक्षिक विकास तालिम कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड बुटवलका प्रमुख रोमाकान्त तिवारी, हिसान नेपालका केन्द्रिय निर्देशक आरसी आचार्य, केन्द्रिय सदस्य लोकनाथ उपाध्याय, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, हिसानका उपाध्यक्ष दिनेश भुषाल लगायतले आआफ्ना भनाई राखेका थिए ।

हिसानका सचिव पुष्प घिमिरेको संचालनमा भएको कार्यक्रममा संस्थागत विद्यालयको नेतृत्व लिएका प्राचार्य, सहायक प्राचार्य र प्रतिनिधी गरि ७० जना अध्यापकको सहभागिता रहेको हिसानका कोषाध्यक्ष तुल्सिप्रसाद सापकोटाले जानकारी दिए ।