जेठ २१ देखि २३ सम्म पाल्पाली सेवा समाज दोहा कतारको छैठौ साधारणसभा, सांगितिक कार्यक्रम तथा सम्मान कार्यक्रम हुदै

बुलेटिन संवाददाता
५ जेष्ठ २०७६, आईतवार १५:०१

५ जेठ, काठमाडौं । कतारमा स्थापना भई समग्र पाल्पालीहरुको सुख दुःखमा साथ दिदैं आएको पाल्पाली सेवा समाज दोहा कतारको छैठौ साधारणसभा, सांगितिक कार्यक्रम तथा सम्मान कार्यक्रम भव्य रुपमा गर्ने गरि तयारी गरिएको छ ।

कार्यक्रमको अवसरमा यही जुन ४, ५ र ६ अर्थात जेठ २१, २२ र २३ गते कतारमै जिल्ला स्तरीय भलिवल प्रतियोगिताको आयोजना गरिएको खेल संयोजक हेम बगालेले बताए । त्यस्तै जुन ७ अर्थात् जेठ २४ गते दोहा स्थित गल्फ प्याराडाइज होटलमा बिबिध सांगितिक कार्यक्रम तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा बरिष्ठ लोक तथा दोहोरी गायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, बरिष्ठ कलाकार इन्द्र जीसी, लोक तथा दोहोरी गायिका मञ्जु पौडेल, लोक तथा दोहोरी गायक बिक्रम परियार र नृत्यंगना सपना ढेंगा सहित कतारमा रहेका अन्य कलाकारहरुको समेत प्रस्तुती रहने समाजका अध्यक्ष इश्वर काफ्लेले बताए । कार्यक्रमले नेपाली कला संस्कृतिको संरक्षणमा टेवा पुर्याउने भएकोले पनि समाजले यसप्रकारका कार्यक्रम गर्दै आएको अध्यक्ष काफ्लेले बताए ।

कार्यक्रममा बिशेष अतिथिको रुपमा पत्रकार तथा पाल्पा समाचारपत्रका सम्पादक यज्ञमूर्ति तिमिल्सिना, नीउज २४ टेलीभीजनका पत्रकार एवम् मोडल कृष्ण पाण्डेको समेत सहभागिता रहनेछ । कार्यक्रमको मुख्य प्रायोजकको रुपमा रानीमहल ट्रेडिङ टेलरिङ डव्लु एल एल रहेको छ । त्यस्तै मिडिया सहयोगीको रुपमा पाल्पा समाचारपत्र साप्ताहिक, पाल्पा समाचार डटकममा र साझा नेटवर्क रहेको समाजका सचिव रामलाल खातीले बताए ।

पाल्पाली सेवा समाजले पाल्पा जिल्लाका हरेक सुख दुखमा साथ दिदै आएको छ । यो समाजले हालैको वर्ष मात्रै जिल्लामा आधा दर्जन बिद्यालयका गरिव तथा बिपन्न परिवारका २ सय ५० बिद्यार्थीलाई निःशुल्क झोला बितरण गर्नुका साथै दमकडा माध्यमिक बिद्यालयको दृष्टिबिहीन शाखामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ बरावरको अक्ष्यकोष स्थापना गरेको छ । यी बाहेक दर्जनौं रचनात्मक कार्यक्रमहरु समाजले सञ्चालन गरेको छ ।