रुपन्देहीमा पहिलो पटक थारु सघं गठन, सन्तराम चौधरी बने अध्यक्ष

बुलेटिन संवाददाता
३० बैशाख २०७६, सोमबार १५:४४

३० बैशाख, भैरहवा । कांग्रेस निकटका थारुहरुको भेलाले कांग्रेसको भातृ सगंठनको रुपमा नेपाल थारु सघं रुपन्देही गठन गरेको छ ।

सोमवार पार्टी कार्यालय भैरहवामा आयोजित भेलालेले सन्त राम चौधरीको अध्यक्षतामा थारु सघं तदर्थ समीती गठन गरेको हो । समीतीमा जिल्लाका सवै निर्वाचन क्षेत्रका प्रतिनीधीहरु रहेका छन् ।

समीतीको उपाध्यक्षमा सरिता चौधरी रहेकी छिन् । तयस्तै सचिवमा पल्टन चौधरी, सह सचिवमा प्रकास सिंह चौधरी, कोषाध्यक्षमा जगदम्भा प्रसाद चौधरी रहेका छन् । त्यसैगरी सदस्यहरुमा सुर्य नारायण चौधरी, प्रेम कुमारी चौधरी, गोकुल चौधरी, लक्ष्मि चौधरी, नन्दा चौधरी, कृष्ण बहादुर चौधरी, राम प्यारे चौधरी र लाल बहादुर चौधरी रहेका छन् ।

तदर्थ समीती सर्वसम्वत रुपमा पार्टी सभापति अब्दुल रज्जाकले घोषणा गरेका थिए । उत्त कार्यक्रममा बोल्दै पुर्व राज्य मन्त्री समेत रहेका रज्जाकले जिल्लामा थारु सघं नभएको अवस्थामा थारु सघं गठन भएको र आगामी दिनमा पार्टीलाई मजबुद्ध बनाउन सघंले महत्व पुर्ण भुमीका निर्वाह गर्ने विस्वास गरे ।

कांग्रेस महासमीती सदस्य देवि चौधरीको सभापतित्वमा भएको कार्यक्रममा पुर्वमन्त्री दुर्योधन सिहं चौधरी, महासमीती सदस्य एवं पुर्व सांसद ईस्तियाक अहमद खाँन, पार्टी सचिव रामकृष्ण खाणँ, प्रदेस सभा सदस्य पुष्पा चौधरी, कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, क्षेत्र नं ३ का क्षेत्रीय सभापति प्रेम फौजदार, महासमीती सदस्य भगवती प्रसाद चौधरी, सरीता चौधरी, दिल बहादुर चौधरी, राजेन्द्र नाथ चौधरी, महाधिवेसन प्रतिनीधी भरथरी यादव, केन्द्रीय तदर्थ समीती सदस्य ग्रीस चौधरी लगयतको सहभागीता रहेको थियो ।