बुटवल रक्सको ‘अ न्यू बिगिनिङ फेज टु’ मा झुमे दर्शक

बुलेटिन संवाददाता
३० बैशाख २०७६, सोमबार १५:३२

३० बैशाख, बुटवल । बुटवलमा अ न्यू बिगिनिङ फेज टु नामक साँगितिक कार्यक्रम सम्पन्न भएको छ । ब्याण्डहरुको स्तरबृद्धि तथा गुणस्तरियता बृद्धि गर्न बुटवल रक्सले सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बुटवल रक्समा आवद्ध ६ वटा ब्याण्डहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा न्याचर ब्याण्ड, आमाध्यम ब्याण्ड, हेरिटेज ब्याण्ड, प्यारानर्मल ब्याण्ड, आगमन ब्याण्ड र गोविन एण्ड ब्याण्डको सहभागिता रहेको कार्यक्रम संयोजक सुमन मानन्धरले जानकारि दिए ।

बुटवलको कालिकानगरमा सम्पन्न कार्यक्रममा झण्डै ३ सय दर्शकहरुले ब्याण्डहरुको प्रस्तुतिको मज्जा लिए ।  बुटवल आसपासका ब्याण्डहरुको साझा संस्था बुटवल रक्समा ३ दर्जन बढि ब्याण्डहरु समावेश रहेको आर्थिक संयोजक अजीव श्रेष्ठले जानकारि दिए ।