१० करोडको लागतमा बुटवलमा खुल्यो महाराजा रिर्सोट

बुलेटिन संवाददाता
२६ बैशाख २०७६, बिहीबार ११:५५

२६ बैशाख, बुटवल । १० जना युवा व्यवसायीहरुको लगानीमा १० करोड लागतमा बुटवलमा महाराजा रिर्सोट खुलेको छ ।

यस भन्दा पहिला होटल क्षेत्रमै स्थापित भएका केही युवा उद्यमीहरु र थप विभिन्न पेशा व्यवसायीमा संलग्न व्याक्तिहरुको लगानीमा बुटवल११ कालिकानरमा नयाँ रिर्सोट सुभारम्भ भएको हो । रिर्सोटको प्रदेश ५ मा उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले शुभारम्भ गरे ।

महाराजा ग्रप आफ कम्पनीका संयोजक ताराप्रसाद भण्डारीले स्टार होटलको सुविधा सहितको रिर्सोट सञ्चालन गरिएको जानकारी दिए ।

उनले प्रदेश नं. ५ को राजधानी र बुद्धजन्मस्थल लुम्बिनीका हिसाबले पनि यस क्षेत्रमा आउने पर्यटकहरुलाई लक्षित गरि महाराजा रिर्सोट शुभारम्भ गरेको जानकारी दिए ।

लामो समयदेखि बुटवलमा होटलमा अनुभव बटुलेका दियालो, कस्तुरी हुदै महाराजा ग्रुप अफ कम्पनीका लगानीकर्ताहरुबाट महाराजा रिर्सोटको समेत शुभारम्भ गरेको संयोजक भण्डारीको भनाई रहेको छ ।

रिर्सोटमा कुल १० करोड लगानी भैसकेको छ । करीब ३७ हजार १ सय स्क्वायर फुट क्षेत्रफलमा चार वटा विङ्गसमा पुर्वाधार निमार्ण भएका छन । रिर्सोटको उत्तरतर्फ ३ तल्ला लजिङ्ग भवनमा २६ वटा लक्जरीयस रुमहरु छन ।

जसमा महाराजा र फेमिलि गरि दुई वटा स्वीट्स रुम रहेको छ । यसैगरि अन्य ८ वटा डिलक्स र १० वटा सुपरियर तथा ६ वटा स्टयान्र्डड रुमहरु छन । रिर्सोटमा मिटिङका लागि उपयुक्त कन्फ्रेन्स हल छ जहा ३० जना क्षमता रहेको छ ।

रिर्सोटको मुख्य आर्कषण मध्येभागमा ४ हजार स्क्वायर फुटको बेङ्गक्युट हल, दक्षिणमा पारीवारिक वातावरणमा महाराजा भोजनालय छ ।

जहा ७० जना अट्ने गरि निमार्ण भएको छ । यसैगरि एलआकारमा रहेको लाउन्ज बार पनि अर्को मुख्य आर्कषण रहेको छ जसको क्षमता ३० जना रहेको छ ।
रिर्सोटका मोर्डन डिजाईनमा आर्कषित फर्निचर सजावट गरिएको छ भने लाईटिनिङ्ग समेत भएको छ ।

रेष्टुरेन्ट र बारको बिचमा सानो आर्कषण पारीवारीक र साथीभाईहरुका बिच जमघट गर्न मिल्ने हल रहेको छ ।
जहाँ वर्ड डे पार्टी, पारीवारीक जमघटका लागि उपयुक्त रहने जनाइएको छ । नाम अनुसारकै महाराजामा विशेष खानाका परिकारहरु उपलब्ध हुन्छन । रिर्सोटले राजाले प्रयोग गर्ने जस्तै श्रीपेज समेत राखिने जनाएको छ ।
देशविदेशका परिकारहरु त्यसमा पनि भारतिय पर्यटकहरुलाई लक्षितगरि ईन्डियन, चाइनिज, कन्टिनेन्टलका साथै नेपाली परिकारहरु उपलब्ध हुने जनाइएको छ ।

स्वस्थ्यप्रतिको सचेतना हुने किसिमको हाईजेनिक खानाहरु पाईन्छ । यसैगरि साना ६ वर्ष मुनिका बालबालिकाहरुलाई विशेष ख्याल गर्दै खानाको सेवामा छुट दिने ब्यवस्था छ ।


रिर्सोटमा वाटर फाउन्टेन, चिल्डे«न प्ले जोनसमेत रहेको छ । प्रशस्त पार्किङ्ग रहेको छ । स्वीमिङ्गपुल, फिटनेश हल, स्पाको सेवा बढाउने योजना रहेको छ । रिर्सोटको प्रडक्सनमा २० जना, ब्यवस्थापनमा ३० जनाले रोजगार पाएका छन ।

हाल ३० वाटा कोठाहरु रहेको रिर्सोटले निकट भविश्यमा ५० वटा कोठा पु¥याउने लक्ष्य लिएको छ । यस्तै स्वीमिङ्ग पुल, फिटनेश जोन समेत सञ्चालनको तयारीमा रहेको जनाइएको छ । रिर्सोटमा २ हजार २ सय देखि ६ हजार रुपैयाँ सम्मका कोठाहरु रहेका छन् ।