मुख्यमन्त्री कप २०७६ : भलिबलमा रुपन्देही र नवलपरासी भिड्ने

बुलेटिन संवाददाता
२४ बैशाख २०७६, मंगलवार १५:३८

२४ बैशाख, बुटवल । प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता २०७६ अन्तरगत भलिबल खेलमा रुपन्देही र नवलपरासीले उपाधिका लागि भिड्ने भएको छ ।

मंगलबार भएको पहिलो सेमीफाईनल खेलमा रुपन्देहीले बाकेलाई ३–० तथा नवलपरासीले पाल्पालाई ३–० को सेटमा पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो ।
महिला भलिबल खेलमा रुपन्देही र दाङ उपाधिका लागि भिड्ने भएको छ ।

मंगलबार भएको पहिलो सेमीफाईनलमा रुपन्देहीले रोल्पालाई ३–० तथा दाङले पाल्पालाई ३–० कै सोझो सेटमा पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो ।

फाईनल खेल बुधबार विहान रुपन्देही र दाङका बिचमा हुने छ ।