प्रथम मुख्यमन्त्री रनिङशिल्ड प्रतियोगिता २०७६ डब्लुटिएफमा रुपन्देहीलाई दुई स्वर्ण

बुलेटिन संवाददाता
२४ बैशाख २०७६, मंगलवार १५:१८

२४ बैशाख, बुटवल । प्रथम मुख्यमन्त्री रनिङशिल्ड प्रतियोगिता २०७६ अन्तरगत तेक्वान्दोको डब्लुटिएफ खेलमा रुपन्देहीले दुई स्वर्ण जितेको छ ।

मंगलबार हाटबजारस्थित जिल्ला खेलकुद विकास समितिको कबड हलमा भएको खेलमा रुपन्देहीका पुरुष ६३ केजी तौल समुहमा मोहमद हफिकले स्वर्ण जितेका छन ।

उनले फाईनलमा रोल्पाका अबिरल बुढालाई पराजित गर्दै स्वर्ण आफनो नाममा पारे । रोल्पाका अबिरल बुढा रजतमा चित्त बुझाए । दाङका रेशम चौधरी र बाकेका धनसिह परियार तृतिय हुदै कास्य पदकमबाट पुरस्कृत भएका छन ।

यसैगरि पुरुष ५८ केजी तौल समुहतर्फ रुपन्देहीका अनिश कुमालले स्वर्ण हात पारेका छन । कुमालले नवलपरासीका पुष्पराज चौधरीलाई पराजित गर्दै स्वर्ण जितेका हुन । खेलमा अर्घाखाचीका आकाश आले र दाङ रेशम चौधरी तृतिय हुदै कास्य पदकबाट पुरस्कृत भएका छन ।
यसैगरि महिला ५३ केजी तौल समुहमा रोल्पाका ममता रिजालले स्वर्ण जितेकी छिन ।

उनले रुपन्देहीका अनु नेपालीलाई पराजित गर्दै स्वर्ण जितेका हुन । रुपन्देहीका अनु नेपाली रजत पदकमा चित्त बुझाए । खेलमा दाङका सिता खडका र बाकेका मनिषा बुढामगर तृतिय हुदै कास्य पदकबाट पुरस्कृत भएका छन ।

महिला ४९ केजी तौल समुहमा रुकुमका निशा केसीले स्वर्ण हात पारिन । उनले बाकेका अस्मिता थापालाई फाईनलमा पराजित गर्दै स्वर्ण जितेकी हुन । बाकेकी अस्मिता थापा रजत पदकमा चित्त बुझाईन । खेलमा गुल्मीका दिपा पुन र रुपन्देहीका नेहा प्रधान तृतिय हुदै कास्यबाट पुरस्कृत भएका छन ।

प्रतियोगितामा पुरुषतर्फ रुपन्देहीका मोहमद रफिक, महिलातर्फ रोल्पाका ममता रिजाल उत्कृष्ट खेलाडीबाट पुरस्कृत भएका थिए ।