श्रीनगर अनलाइन मिडियाको औपचारिक उद्घाटन

बुलेटिन संवाददाता
१३ बैशाख २०७६, शुक्रबार १२:४५

१३ बैशाख, बुटवल । केही समय पहिला देखि सञ्चालनमा आएको श्रीनगर अनलाइन मिडिया डट् कम अनाइनको औपचारिक उद्घाटन गरिएको छ । शुक्रबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अनलाइनको शुभारम्भ गरेका हुन ।

कार्यक्रममा बोल्दै नेपाल कम्नुष्टि पार्टी (नेकपा)का जिल्ला अध्यक्ष समेत रहेका नगर प्रमुख सुवेदीले सञ्चार माध्यमले उद्यमशिलता विकास गर्ने पक्षमा काम गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, श्रीनगर अनलाईन मिडियाका सम्पादक दल बहादुर गुरुङ्ग, प्रबन्धक सञ्चालक मनिराम पन्थी(मनिस), महिला उद्यमी देवी वाग्ले लगायतले बोलेका थिए । सोही कार्यक्रममा नयाँ बर्षको भित्ते पात्रो समेत विमोचन गरिएको थियो ।