प्रदेश सरकार द्वारा मर्चवारबासीलाई निःशुल्क औषधी उपचार

बुलेटिन संवाददाता
५ बैशाख २०७६, बिहीबार १०:२३

५ बैशाख, मर्चवार । प्रदेश नंं ५ समाजिक बिकास मंत्रालय तथा नेपाली सेनाको संयुक्त तत्वाधानमा रुपन्देहीको दुर्गम क्षेत्र मर्चवारमा पाँच दिवसीय निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको छ ।

जिल्लाको दुर्गम क्षेत्र मर्चवारका बिपन्न तथा गरीब जनतालाई स्वास्थ्यमा पहुच पुरयाउने उद्देश्य राखी प्रदेश सरकार द्वारा पहिलो पटक बृहद स्वास्थ्य शिबिर संचालनमा ल्याइएको हो ।

स्वास्थ्य शिबिरमा नेत्रपरिक्षण,दन्त तथा हाडजोर्नी तथा स्त्रिीरोगका ७० जना स्वास्थ्यकर्मी टोली र बिशेषज्ञहरु द्वारा मंगलवार देखि स्वास्थ्य परिक्षण पश्चात बिनाशुल्क औषधी समेत बितरण कार्य जारी राखिएको ५ नं. प्रदेश प्रमुख उमाकान्त झा ले जानकारी गराए ।

निःशुल्क स्वास्थ्य शिबिरको पहिलो दिनमै करीब डेढ हजार बिरामीहरुको स्वास्थ्य परिक्षण पश्चात औषधी बितरण गर्नुका साथै दीर्घरोगीहरुलाई एम्बुलेन्स मार्फत देशको बिभिन्न सम्बन्धित स्वास्थ्य संस्थाहरुमा रिफर समेत गर्न लागिएको नेपालीसेनाका स्वास्थ्य क्याम्प ईन्चार्ज कमलदत्त भण्डारीको भनाई छ ।


स्वास्थ्य पहुचबाट टाढा रहेको मर्चवार क्षेत्रका बासिन्दाहरु पहिलो पटक प्रदेश सरकारको आयोजनामा भारी मात्रामा गाँउ ठाँउमै स्वास्थ्य उपचार गराउन पाउदा मर्चवारबासी हर्षित भएको बिधायक वसीउद्दीन मुसलमानले जानकारी गराए ।