अपडेट : बुटवलको ट्राफिक चोकको बम सेनाद्वारा डिस्पोज

बुलेटिन संवाददाता
५ बैशाख २०७६, बिहीबार ०९:३६

५ बैशाख, बुटवल । बुटवलको ट्राफिक चोकमा फेला परेको बम सेनाले डिस्पोज गरेको छ ।

शिवम् मेसिनरी स्टोर अगाडि सडक पेटिमा पराल माथि आज्ञात समुहले राखेको सो बम सेनाको बम डिस्पोजल टोलिले केहिबेर अघि डिस्पोज गरेको हो ।

बम भेटिएपछी घटना स्थलमा ठुलो मात्रामा प्रहरी परिचालन गरिएको थियो । शंकास्पद बस्तु राख्ने समुहको खोजी भइरहेको प्रहरिले जनाएको छ ।

आज नेपाल बन्दको आब्हान गरेको विप्लव नेर्तत्वको नेकपा माओवादिले सो बम राखेको प्रहरीले अनुमान गरेको छ । तर घटनाको जिम्मा कसैले लिएको छैन । आज देशैभर बिभिन्न स्थानमा शंकास्पद बस्तुहरु फेला परेका छन ।

यो पनि पढ्न

बुटवलको ट्राफिक चोकमा शंकास्पद बस्तु, बम भएको आशंका