प्रदेश सभाको निषेधित क्षेत्रमा बम, डिस्पोज गर्दा सेनाका जवान घाइते

बुलेटिन संवाददाता
५ बैशाख २०७६, बिहीबार ०४:०२

५ बैशाख, पोखरा । गण्डकी प्रदेश सभाको निषेधित क्षेत्रमा फेला परेको शंकास्पद बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एक जवान घाइते भएका छन ।

पोखराको नदिपुर स्थित सो संकास्पद बस्तु भेटिएको हो । डिस्पोज गर्न डेटोनेटर झिक्ने क्रममा हातमै पड्केर कालीभंज्याँग गणका धर्मराज थापा घाइते भएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हातमा चोट लागी घाईते उनलाई उपचारका लागि अस्पताल लगिएको छ । नेपाल बन्द आब्हान गरेको नेकपा विप्लवले सो बम राखेको प्रहरीले दावी गरेको छ । तर घटनाको जिम्मा कसैले लिएको छैन ।